महिला खबर
वीरगञ्ज साउन १३ । पर्सा जिल्लामा सम्बन्ध बिच्छेद बढेको तथ्याङ्कले देखाएको छ। पर्सा जिल्ला अदालतको तथ्याङ्क अनुसार पर्सामा प्रतिवर्ष दोब्बरका दरले सम्बन्धबिच्छेद हुने गरेको छ।
जिल्ला अदालत पर्साको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/०७१ मा ६० दम्पतीले अदालतमा सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गराएका थिए भने ०७१/०७२ मा १३३ दम्पतीले निबेदन दिएका थिए।
पर्सा जिल्ला अदालतका तहसिल्दार शम्भुकुमार बस्नेतले तराईका युवायुवतीबीच कम उमेरमा विवाह हुनु र वैदेशिक रोजगारमा दुई तीन वर्ष बिताई स्वदेश फर्किएपछि श्रीमान् श्रीमतीबीच हुने असमझदारीका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको बताउनुभयो ।
प्रकाशित मितिः २०७२ साउन १३ गते बुधवार
Comment Here!