सचेतनाका कारण हिंसाविरुद्ध उजुरी दिने बढे


प्रकाशित मिति :2015-07-29 16:42:44

विष्णु पौडेल 

दमक, साउन १३। झापाको दमक र आसपासका क्षेत्रमा अघिल्ला दुई वर्षका तुलनामा पछिल्लो एक वर्षयता महिला तथा बालबालिकामाथिको हिंसा बढेको तथ्याङकले देखाएको छ। इलाका प्रहरी कार्यालय दमकका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा बलात्कार,बलात्कार प्रयास, बहुविवाह, बेचविखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धकका ३३ वटा उजुरी परेका थिए। आर्थिक वर्ष ०६९/०७० र ०७०/७१ मा महिला तथा बालबालिका सम्बन्धि अपराधमा २६/२६ वटा उजुरी प्रहरीमा आएका थिए।

इलाका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक भिमप्रसाद सिलवालले महिला तथा बालबालिका सम्बन्धि अपराधमा परेका सवै उजुरीको अदालतबाट किनारा लगाईएको दावी गर्नुभयो।

इलाका प्रहरी कार्यालय दमक अपराध अनुसन्धान शाखाका सहायक निरिक्षक बासुप्रसाद चौधरीले गत आर्थिक वर्षमा बलात्कारका घट्नामा सबैभन्दा धेरै उजुरी दर्ता भएको जानकारी दिनुभयो। उहाँका अनुसार ३३ मध्ये १४ वटा उजुरी बलात्कारका थिए। गत आर्थिक वर्षमा बहुविवाहविरुद्धका उजुरी अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर बढी दर्ता भएको चौधरलिे जानकारी दिनुभयो। अघिल्लो वर्ष ६ वटा बहुविवाह सम्बन्धि उजुरी प्रहरीमा परेकोमा गतवर्ष ११ वटा परेका थिए।

त्यस्तै जवरजस्तीकरणी प्रयास गरेको ६ वटा र मानववेचविखन तथा ओसारपसार र अपहरण सम्बन्धि एउटा उजुरी प्रहरीमा परेको छ। निरिक्षक सिलवालले भन्नुभयो– तथ्याङक हेर्दा अपराध घटेको वा बढेको भन्ने यकिन गर्न सकिन्न बरु पीडितहरूको प्रहरी तथा अन्य कानुनी निकायसम्म पहुँच बढेका कारण पनि यस किसिमका मुद्दा धेरै देखिएको हुन सक्छ।’ महिला सशक्तिकरण केन्द्र नेपालकी अध्यक्ष भुमिका कोइरालाले महिलामा हिंसा सहनहुन्न भन्ने चेतना आएका कारण उजुरी आउने क्रम बढेको प्रतिक्रिया दिनुभयो।

प्रकाशित मितिः २०७२ साउन १३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: