नागरिकतामा ५० निर्वाचन क्षेत्रका ५७ हजार सुझाव


प्रकाशित मिति :2015-07-29 17:34:35

निर्मला ठकुराठी
काठमाडौं, साउन १३। नयाँ बन्ने संविधानको नागरिकता सम्बन्धि प्रस्तावित प्रावधानमा ‘बाबु वा आमा’ हुनुपर्ने भन्दै ५७ हजार नागरिकले सुझाव दिएका छन्। महिला कानुन र विकास मञ्चले १८ जिल्लाका ५० निर्वाचन क्षेत्रमा गरेको सुझाव संकलनमा सहभागी नागरिकहरूले आमा वा बुवाको प्रावधान राख्नु पर्ने सुझाव दिएका हुन।

आज काठमाडौंमा भएको छलफल कार्यक्रममा बोल्दै महिला कानुन र विकास मञ्चका अध्यक्ष मीरा ढुङ्गानाले मस्यौदा संविधानमा नागरिक सुझाव संकलनका क्रममा नागरिकता प्रावधान सम्बन्धी आएका सुझाव सय प्रतिशत महिलाले नागरिकतामा ‘आमा वा बुवा’ हुनुपर्ने सुझाब दिएको बताउनुभयो। आमाको नामबाट नागरिकता दिने प्रावधान नभए धेरै बालबालिका राज्यविहिन हुने अवस्था भएकाले त्यस्तो समस्याको अन्त्य हुनु पर्ने बताउनुभयो।

नेपाली कांग्रेस नेता तथा सभासद डिना उपाध्यायले अब आउने संविधानमा आमा वा बुवा नलेखिए आफूहरूले बिरोध स्वरूप सभासद पदबाटै राजीनामा दिने बताउनु भएको छ। आमाको नामबाट नागरिकता दिए देशको राष्ट्रियतामा आँच आउछ भन्ने आरोप लगाएर अधिकारबाट वञ्चित गराउन नमिल्ने उपाध्यायको तर्क थियो। आफ्नो परिवारको इज्जत जान्छ भनेर हिंसा सहेर बस्ने महिलाले कसरी राष्ट्रियतामा आघात पुर्‍याउन सक्छन् भन्दै सभासद उपाध्यायले भन्नुभयो ‘कुन महिलाको कारण राष्ट्रियतामा आँच आएको छ एक पटक देखाई दिनुहोस त ?’

पुर्व सभासद मञ्चका अध्यक्ष कल्पना धमलाले आमा सत्य र बुवा विश्वास हो भन्दै जन्म दिने आमाको नामबाटै नागरिकता नदिनु भनेको पितृसत्तात्मक सोच भएको बताउनुभयो। मस्यौदा संविधानमा आएका सुझावमा ९० प्रतिशत सुझाव आमा वा बुवा नै हुनुपर्छ भन्ने पक्षमा आएकाले जनमतको आधारमा सच्याइनुपर्ने बताउनुभयो । राष्ट्रियताको चिन्ता सबैभन्दा बढी महिलालाई भएको भन्दै उहाँले राष्ट्रियताको रक्षा गर्न नसक्ने पुरूषले खोक्रो ढ्वाङ रच्ने बताउनुभयो। हामी खुल्ला सिमानाको कुरा उठाएर दिने तर्क सँग सहमत छैनौं।

अब महिलामाथि लैङि्गकता सम्बन्धि मात्र प्रश्न उठेन, कुरा राष्ट्रियताँंग जोडिन्छ। महिलाको नामबाट नागरिकता दिनुहुँदैन भन्ने अभिव्यक्तिले महिलालाई दोस्रो दर्जामै राख्न खोजिएको बताउनुभयो।

जब जब पुरुषहरूलाइ दुःख पर्छ तब तब महिलाले नै सुख दिने गरेको भन्दै अधिकारकर्मी तुलसा अमात्य भन्नुहुन्छ यहाँ अधिकारको कुरा आउँदा महिलालाई राष्ट्रघाती बनाइन्छ। ४—५ जनाले टाउको खासखुस गरेर आउने संविधानले ठुलो जनसंख्यालाई अन्याय गर्ने बताउनुभयो।

नेकपा एमाले सभासद कृष्णभक्त पोखरेलले आमाको नामबाट नागरिकता दिँदा देश नै भान्जा भान्जीमय हुन्छ भन्नु हास्यास्पद भएको बताउनुभयो। गैरनागरिकले नागरिकता नपाउनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने उँहाको भनाई थियो।

प्रकाशित मितिः २०७२ साउन १३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: