बर्थिङ सेन्टरमै जन्मन्छन् बच्चा


प्रकाशित मिति :2015-07-30 10:30:19

महिला खबर

बैतडी, साउन १४ । बैतडीमा गर्भवती भएपछि नियमित गर्भजाँच र बर्थिङ सेन्टरमा बच्चा जन्माउनुपर्छ भन्ने चेतना  बढेपछि बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाको सङ्ख्या पनि बढेको छ ।

महिलाले बच्चा जन्माउन नसकेर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले बैतडीमा ९३ ठाउँमा प्रसूति सेवा केन्द्र सञ्चालनमा छन् ।

स्वास्थ्य संस्थामा गएर चारपटक नियमित गर्भजाँच गरेबापत ४ सय रुपैयाँ र प्रसूति गराएबापत एक हजार रुपैयाँ दिने गरिन्छ भने न्यानो झोला तथा बच्चा र आमालाई लुगा पनि दिने गरेको जनस्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । ग्रामीणस्तरका महिलाले प्रसूति केन्द्रमै गएर बच्चा जन्माउँदा आमा र बच्चा दुवै खतरामुक्त हुने भएकाले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउन जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ ।

मिति  :२०७२ साउन १४ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: