महिला फेरी आए सडकमा


पहिचान नदिने संविधान मान्दैनौं

प्रकाशित मिति :2015-07-30 14:01:03

महिला खबर

News

काठमाडौं, साउन १४। महिला अधिकार सुनिश्चितसहितको संविधानका लागि अधिकारकर्मीले आजदेखि २ घण्टे धर्ना कार्यक्रम सुरु गरेका छन्। महिलामैत्री संविधानका लागि साझा अभियानको आयोजनामा भएको धर्नामा सहभागी महिलाले आधा भन्दा बढी नागरिकलाई नागरिकको पहिचान नदिने संविधान नमान्ने चेतावनी दिए।

महिलालाई नागरिकताको अधिकार नदिएर अझैपनिर् दोस्रो दर्जाको नागरिकका रुपमा राख्न खोजिएको भन्दै उनीहरूले आपत्ती जनाएको थिए। धर्ना कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष शर्मिला कार्कीले महिला र पुरुष भएकै कारण नागरिकतामा विभेद हुन नहुने बताउनुभयो। शासकिय स्वरुपमा पनि महिला र पुरुषको बराबरी सहभागिता हुनपर्ने उहाँको माग थियो।

 

news 1

ओरेक नेपालका अध्यक्ष डा. रेणु राजभण्डारीले नागरिकतालगायत संविधानमा गरिएका सम्पुर्ण विभेदविरुद्ध महिला सडकमा आएको बताउनुभयो। अधिकारकर्मी कल्याणी शाहले अधिकारका लागि वर्षैदेखि लडेका महिलालाई नयाँ संविधानमा समेत फेरी पनि बिभेदको निरन्तरता दिन खोजिएको भन्दै अब बिभेद सह्य नहुने बताउनुभयो।

संविधान जारी हुने दिनसम्म काठमाडौंको नयाँ बानेश्वरमा विहान १० बजेदेखि १२ बजेेसम्म धर्ना कार्यक्रम गरिने उनीहरूले बताए।

प्रकाशित मितिः २०७२ साउन १४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: