धनु राई
ओखलढुङ्गा, साउन १४ । नेपाल प्रहरीले जवान पदका लागि आव्हान गरेको आवेदनमा ओखलढुङ्गाका ४२ जना महिलाले फारम भरेका छन्। ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयमा ४२ महिला सहित १ सय ९३ जनाको आवेदन परेको छ।
आवेदन दिनेहरुलाई १९ गते सम्पर्कका लागि बोलाईएकाले अझै आवेदन दिने महिलाको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
यो तथ्याङ्कले नेपाल प्रहरीमा महिलाको आकर्षण बढ्दै गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डम्बरबहादुर विश्वकर्माले बताउनुभयो।
प्रकाशित मितिः २०७२ साउन १४ गते बिहीवार
Comment Here!