भक्तपुरका अस्थायी शिविरमा ७ महिला बलात्कृत


सञ्जालद्वारा भूकम्प प्रभावित जिल्लाको अध्ययन प्रतिवेदन सार्वजनिक

प्रकाशित मिति :2015-07-30 17:05:12

महिला खबर

काठमाडौं,साउन १४। अन्तरपार्टी महिला सञ्जालले भक्तपुरको बिभिन्न ठाउँमा रहेका अस्थायी शिविरभित्र ७ जना महिला तथा बालिका बलात्कृत भएको बताएको छ। घटनामा संलग्नमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

सञ्जालले आज काठमाडौंमा पत्रकारसम्मेलन गर्दै भूकम्पबाट अति प्रभावित भएका १५ जिल्लामा गरेको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो। सञ्जालले सार्वजनिक गरेको प्रतिवेदनमा अधिकांश ठाउँका विपद व्यवस्थापन समितिमा महिला प्रतिनिधि नभएको, एकल तथा हिंसामा परेका महिलाले सरकारी अनुदान सहजै नपाएको, महिलाअनुकूल राहत सामग्री वितरण नहुँदा सुत्केरी , गर्भवती र महिनावारी भएका महिलालाई समस्या भएको उल्लेख छ।

यसैगरि भूकम्पपछि महिला हिंसा बढेको, महिला बालबालिकामाथि नजिकका आफन्तबाटै बलात्कार र यौन हिंसा भएको र सिविरमा बसेका महिलालाई प्रलोभनमा पारी बेचबिखन गर्ने प्रबृत्ति बढेको प्रतिवेदनमा जनाइएको छ।

भूकम्पपछि कतिपय महिलाको गर्भपतन भएको र महिनावारी हुँदा पाल बाहिर खुल्ला आकाशमा बसेका घटना भेटिएको अध्ययनमा संलग्न सदस्यले जानकारी दिए।

अध्ययन प्रतिवेदनमा विपदका बेला पुरुषलाई भन्दा महिलालाई परेका थप समस्यालाई सञ्जालले १८ वटा बुँदामा समेटेको छ। ती समस्या सम्बोधन गर्न सञ्जालले सरकारलाई १० बुँदे सुझाव समेत दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै अन्तरपार्टी महिला सञ्जालका केन्द्रिय अध्यक्ष शशी श्रेष्ठले धादिङ, रामेछाप, मकवनपुर,लमजुङ र काठमाडौंमा रहेका अस्थायी शिविरमा बसेका महिलामाथि बलात्कार र यौन हिंसा भएको स्थलगत अध्ययनका क्रममा पाईएको बताउनुभयो। अस्थायी शिविरमा बसेका महिलामाथि ससुरा, छिमेकी र श्रीमान समेतले बलात्कार गरेको उहाँले जानकारी दिनुभयो।

उहाँले घटनाहरू गोप्य राख्नुपर्ने भन्दै चितवनमा भूकम्प आउँदा चुक्कुल खोल्न सकिदैन भनेर सुत्ने कोठाको चुक्कुल नलगाई सुतेका महिलालाई निर्वस्त्र पार्ने खालका घटनासमेत भएको सञ्जालले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनले पुर्‍याएको मानविय तथा भौतिक क्षति, उद्धार तथा राहत, पुननिर्माण, महिलामाथि भएको हिंसाका घटना, महिला तथा बालबालिका बेचबिखन तथा ओसार पसार, विपद व्यवस्थापन समितिमा महिला प्रतिनिधित्वको अवस्थालगायतका विषयमा स्थलगत अध्ययन अनुगमन गरेको सञ्जालले आज पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो।

भूकम्पबाट अति प्रभावित १५ जिल्लामा सञ्जालका ७ वटा टोली अध्ययन अनुसन्धानका लागि खटेको अध्यक्ष शशी श्रेष्ठले जानकारी गराउनुभयो।

विपतमा परेका कति महिला हिंसामा परे ? कति महिला तथा बालबालिकाको बेचबिखन भयो ? र कतिको उद्धार भयो भन्ने बिस्तृत जानकारी लिन ७५ वटै जिल्लामा अन्तर पार्टी महिला सञ्जालको जिल्ला टोली खटेको जानकारी केन्द्रीय अध्यक्ष शशी श्रेष्ठले जानकारी दिनुभयो।

प्रकाशित मितिः २०७२ साउन १४ बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: