महिला खबर
महेन्द्रनगर, १५ साउन । मादल बनाउने पुख्र्यौली पेशालाई ३५ वर्षदेखि निरन्तरता दिदै आएकी छन् लक्ष्मी बादीले । महेन्द्रनगर तरकारी बजारमा लामो समयदेखि उनका श्रीमान् र उनले यहीे पेशावाट घरखर्च चलाउँदै आएका छन् । बिहानदेखि रात नपर्दासम्म लक्ष्मीले मादल बनाउने र खरी लगाउँछिन् ।
लक्ष्मी आफैले तयार गरेको मादलको मुल्य १ हजार ५ सय छ, भने अरूले बनाईदिन भनेको मादलको मुल्य १ हजार मात्र हो ।
उनीहरूले अाँप र सगुनको काठबाट मादल बनाउँछन् । बाख्राको छाला प्रयोग गरेर बनाइने मादलमा १ वटा बाख्राको छालाबाट ३ वटा सम्म मादल बनाउने लक्ष्मी बताउँछिन् । एउटा बाख्राको छाला किन्दा उनले ६ सय रुपैयाँ तिनुपर्छ । छाला,खरी,वाली लगाएपछि मादल बेच्नका लागि तयार हुने लक्ष्मीले बताईन ।
उनले आउँदै गरेको तिजको लागि १० वटा मादल तयार पारी सकेकी छन् । वर्षभरी लगाएर तयार पारेको उनको मादल विक्रिका लागि कुनै पर्व पर्खनु पर्ने हुन्छ । उनी सधैको वर्ष जस्तै यस वर्ष पनि तीज तथा दशैँको प्रतिक्षामा बसेकी छन् ।
‘पहिला जस्तो छैन् अहिले हामीले बनाएको मादल विक्रि गर्ने कुनै चाडपर्व नै पखनुपर्ने हुन्छ’ लक्ष्मीले भनिन् ‘तिजका लागी भनेर १० वटा मादल तयार पारीसकेकी छु ।’
पाँच सन्तानलाई उनीहरू यही पेशाबाट कमाएको पैसाले हुर्काएको र जिवनको अन्तिम दिनसम्म मादल बनाएरनै मर्ने इच्छा रहेको बताउँछन् । उनीहरूलाई पहिला बिहान बेलुकी छाक टार्न मुस्किल भएन । तर, अहिले यो पेशाबाट जिवन चलाउन गाह्रो भएको छ । ‘मादल बनाएर नै ३५ वर्ष वितिसकेको सुनाउँदै उनले भनिन् हाम्रो परीवारको आम्दानीको मुख्य स्रोत भनेको नै यही हो ।’
प्रकाशित मिति २०७२ साउन १५ गते शुक्रवार
Comment Here!