अब रमिते हुन्नाैंः स्वयंसेवी महिला


प्रकाशित मिति :2015-08-01 09:48:07

महिला खबर

पोखरा, साउन १६। पोखरा ढिकालेथर कि तुल्सी आचार्यले सडक दुर्घटनाका धेरै घटना देखिन्। तर आवश्यक सिप र दक्षताको अभावले त्यस्ता घटनामा रमिते मात्रै बन्थिन्। के गर्नुपर्छ र के गर्ने हो? उनलाई केहि थाहा थिएन। तुल्सीले ४ दिने प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञानको अभ्यासपछि भने स्वयंसेवी भएर प्राथमिक उपचार गर्ने दक्षता हासिल गरेकी छिन्। पोखरा इन्जिनियरिङ्ग क्याम्पसबाट भर्खर व्याचलर अफ इन्जिनियरिङ्ग सकेकी २३ वर्षीया तुल्सीले स्वास्थ्य सवैभन्दा महत्वपुर्ण भएकाले अध्ययनको विषय फरक भएपनि तालिममा सहभागी भएको बताइन्।

‘दैनिक जीवनमा धेरै साना तिना दुर्घटना भइरहन्छन् तर प्राथमिक उपचारको ज्ञान नहुँदा जटिल अवस्थामासम्म पुग्न सक्छ। अब भने त्यस्ता समस्यालाई समाधान गर्न सक्ने भएकी छु ‘ तुल्सीले भनिन्।

त्यसैगरी पोखरा ११ रानीपौवाकी सृजना ढकाल चार्टड अकाउन्टेन को अन्तिम परीक्षा दिएर बसेकी हुन्। ढकाल प्राथमिक उपचार कसरी गर्ने भन्ने कुरा हरेक घरका सदस्यले जान्नु आवश्यक रहेको बताउँछिन्। ‘मैले तालिमबाट जे कुरा सिकेँ त्यसलाई व्यवहारमा उतार्ने छु। अब दुर्घट्नास्थलमा दर्शक र रमिते भएर होइन प्राथमिक उपचारको स्वयंसेवी भएर सेवामा समर्पित हुनेछु’ उनले भनिन।

भर्खर १२ कक्षाको परीक्षा दिएकी आस्मा तिमिल्सिनालाई पनि स्वास्थ्य स्वयम्सेवी भएर सेवामा जुट्ने इच्छा जागेको छ । आस्मा भन्छिन् ‘यो मानवतामा आधारित नैतिक सहयोग हो, म प्राथमिक उपचार र सडक सुरक्षाको स्वय्मसेवी भएर घाइतेको जीवन रक्षाको साथसाथै युवामा सकारात्मक सन्देश दिन चाहान्छु।’

कास्कीको कोत्रेदेखि लुम्लेसम्म अत्याधिक सडक दुर्घटना हुने भएकोले यस क्षेत्रलाई लक्षित गरेर नेपाल रेडक्रस सोसाइटी कास्कीले समुदायस्तरमा प्राथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि तालिमहरू संचालन गर्दै आएको तालिमका कार्यक्रम अधिकृत प्रतिभा सापकोटाले जानकारी दिनुभयो।
४ दिनसम्म संचालित तालिममा १२ जना महिला सहभागी थिए। तालिममा सडक दुर्घटना एवं विभिन्न प्रकोपमा परेर घाइते भएकाहरूकोे प्राथमिक उपचार गरेर कसरी सुरक्षित तरिकाले अस्पताल पुर्‍याउने भन्ने बारे सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको थियो।

प्रकाशित मितिः २०७२ साउन १६ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: