मङ्गला—साहना पुनर्स्थापना केन्द्र सञ्चालनमा


प्रकाशित मिति :2015-08-01 12:22:59

निर्मला ठकुराठी
ललितपुर, साउन १६ । हिंसा पीडित महिलालाई  पुनर्स्थापना गर्न राष्ट्रियस्तरको मङ्गला—साहना पुनस्र्थापना केन्द्र काठमाडौमा संञ्चालनमा ल्याइएको छ ।

नेपाल बाल संगठन बालमन्दिरको नक्सालस्थित भवनमा सञ्चालनमा ल्याइएको केन्द्रमा तत्कालका लागि १५ जना बस्न मिल्ने बनाइएको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका निती योजना कार्यक्रम शाखा उप सचिब राम प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

केन्द्रलाई आवश्यक्ता अनुसार २ सयजनासम्मलाइ राख्न मिल्ने बनाइने उहाँले बताउनुभयो । लैङ्गिक हिंसा र बेचबिखनमा परेका महिला तथा किशोरीलाई सुरक्षित र पुर्नस्थापना गर्न स्थापना गरिएको केन्द्रमा आएका महिलाको क्षमता अनुसारको सीप सिकाई बिभिन्न आयमुलक कार्यमा लगाउने योजना रहेको सचिब भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘आवश्यक्ता अनुसार ८ महिनादेखी डेढ वर्षसम्म राख्ने र तालिम दिई उनीहरूलाई पुर्णरुपमा सक्षम बनाउने हो ।’ तालिमपछि व्यवसायिक रुपमा लाग्नका लागि प्रेरित गर्न सुरुमा केही आर्थिक सहयोग गरि पीडित महिलालाई आत्मनिर्भर बनाउने उँहाले बताउनुभयो ।

अहिले भने केन्द्रमा हिंसापीडित महिला कोही नआएको सचिब भट्टराईले बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०७१ ⁄ ७२ को बजेटमा हिंसापीडित महिला तथा किशोरीलाई सुरक्षित र पुर्नस्थापित गर्न राष्ट्रियस्तरको मङ्गला—साहना पुर्नस्थापना केन्द्र स्थापना गर्ने कार्यक्रम ल्याएको थियो ।

प्रकाशित मितिः २०७२ साउन १६ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: