गाउँका प्रहरी पोष्टमा महिला प्रहरी माग


प्रकाशित मिति :2015-08-01 12:29:08

महिला खवर
ताप्लेजुङ, साउन १६ । ताप्लेजुङको थेचम्बुका बासिन्दाले प्रहरी चौकीमा महिला प्रहरीको माग गरेका छन् ।

थेचम्बुमा आयोजित नियमित सार्वजनिक सुनुवाईमा स्थानीय बासिन्दाले महिला प्रहरी नहुँदा महिलासँग जोडिएका घट्नाको सम्बन्धमा खुलेर आफ्नो समस्या राख्न नसकेको भन्दै चौकीमा महिला प्रहरीको माग गरेका हुन् ।

प्रहरी चौकीमा पुरुष प्रहरीमात्र हुने भएकाले कुनै पनि घट्नामा महिलाको संलग्नता हुँदा उसलाई पक्राउ गर्न र सोधपुछ गर्दा महिला प्रहरी चाहिने उनीहरूको माग छ ।

सार्वजनिक सुनुवाईमा स्थानीय बासिन्दाले डिएसपी शान्तिराज कोइरालासँग यस्तो माग गरेका थिए । स्थानीयको मागलाई जिल्लामा जानकारी दिने डिएसपी कोइरालाले बताउनुभयो ।

प्रकाशित मितिः २०७२ साउन १६ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: