धनु राई
ओखलढुङ्गा, साउन १७। ओखलढुंगाका महिलाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिनुपर्ने माग गरेका छन्। सामाजिक सुरक्षा भत्ता एकल महिलाको हकमा महिलाले मात्रै पाउने गरेकोमा श्रीमती वितेपछि श्रीमानले अर्थात एकल पुरुषले भत्ता पाउने व्यवस्था राज्यले मिलाईदिनु पर्ने बलखु गाविसका शान्ता मगर बताउनुहुन्छ ।
सँधै जसो आफ्नै हक र अधिकारका लागि मात्रै आवाज उठाउने महिलाहरुले हिजो आज पुरुषको पनि हकअधिकारका लागि आवाज उठाउन थालेका हुन्। सामाजिक सुरक्षा भत्ता एकल पुरुषले पनि पाउनु पर्ने व्यवस्था मिलाईनुपर्ने मगरको सुझाव छ
यसैगरि बहुविवाह गर्ने महिलालाई पनि कार्वाहीका लागि कानुन वन्नुपर्ने जिल्लास्तरिय आमा समूह सन्जालका सचिव सविता राईले वताउनुभयो।
विवाह गरिसकेका महिलाले दोस्रो विवाह गरेमा उनीहरूलाई पनि दोस्रो विवाह गर्ने पुरुषले पाउनेजति नै कानुनी सजाय दिइनुपर्ने व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ ।
प्रकाशित मितिः २०७२ साउन १७ गते अाईतवार
Comment Here!