फेरि जलिन महिला


गतवर्ष १३१ जना महिलामाथि आगजनी

प्रकाशित मिति :2015-08-02 12:28:18

महिला खबर

नेपालगन्ज, साउन १७ । बर्दियामा एक महिलामाथि विभत्स आगजनी भएको छ । मोहम्मदपुर गाविस निवासी ३० वर्षीया गीता शेष शनिवार आगजनीबाट गम्भीर घाईते भएकी छिन् ।

करिव ४५ प्रतिशत शरीर जलेकी उनको अवस्था गम्भीर रहेको भेरी अञ्चल अस्पतालले जनाएको छ । मुस्लिमसँग बिवाह गरेकी गीताले आफूलाई मर्न मन लागेर आफै शरीरमा आगो लगाएको बयान दिएकी छिन् । उनका दुई छोरी छन् ।

यद्यपी उनीमाथि अरुले नै आगजनी गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक गोविन्दराम दमाईले जानकारी दिनुभयो ।

श्रीमान् नईवुद्दिन शेषले मुस्लिम महिलासँगै दोस्रो विवाह गरेका छन् । श्रीमान् १० दिन अघिमात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका हुन् ।
गीताको उपचारका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा पुगेका श्रीमान् नईवुद्दिन शेषले भने—‘मैले अर्को विवाह गरे पनि यिनलाई धेरै माया गर्छु तर अचानक यस्तो घटना भयो ।’

नेपालगन्जमा उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि काठमाडौ पठाउने तयारी भएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्यामसुन्दर यादवले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा मात्रै भेरी अञ्चल अस्पतालमा १३१ जना महिलामाथि आगजनीका घटना भएको अस्पतालको तथ्यांकले देखाएको छ ।

भेरी अञ्चल अस्पतालमा आगजनीका घाईतेको उपचारका लागि उपयुक्त वार्डको व्यवस्था नभएकोले पनि उपचारमा समस्या हुने गरेको छ । आगजनीमा परेका घाईतेको अग्नी हिंसा पीडित नेपाल नामक संस्थाले सहयोग गर्दै आएको संस्थाका प्रतिनिधि सुरेन्द्रदीप कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०७२ साउन १७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: