सृजना अर्याल
चितवन,साउन १७ । चितवन भरतपुर सरकारी अस्पतालमा प्रसूति सेवा लिने महिलाको सख्या बढेको छ । आर्थिक वर्ष २०७१/०७२ मा ११ हजार ३ सय ६४ जनाले सुत्केरी सेवा लिएका छन् । अघिल्लो वर्षको तुलनामा करिव १ हजार २ सय बढि महिलाले सुत्केरी सेवा लिएका छन् ।
अस्पतालमा ८ हजार ३ सय १६ जनाले सामान्य सुत्केरी सेवा लिएका छन् भने २ हजार ४ सय ६५ जना महिलाले शिल्यक्रियाबाट बच्चा जन्माएका छन् ।
यस्तै जटिलतायुक्त सुत्केरी सेवा ५ सय ८३ जनाले लिएको अस्पताल तथ्याङ्क इकाईका प्रमुख नारायण रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष जिल्ला अस्पत्तालमा २२ जना जुम्ल्याहा वच्चाले जन्म लिएका छन् । १४० जना वच्चा मृत जन्मिएको र जन्मिएपछि ८ जना वच्चाको मृत्यु भएको तथ्याङ्क अस्पतालसँग छ । सुत्केरी गराउँदा २ जना महिलाको मृत्यु भएको अस्पत्तालले जानकारी दिएको छ । ५३ जना महिलाले उल्टो बच्चा जन्माएका छन् ।
सुत्केरी सेवा लिने वाहेक भरतपुर अस्पतालमा ७ सय ३८ जना सुत्केरी महिलामा जटिलता देखा परेको थियो । अस्पतालमा प्रसूति तथा स्त्री रोग सेवाका लागि ११५ वेड छुट्याइएको छ । भरतपुर अस्पतालमा २४ सै घण्टा सवै प्रकारको शल्यक्रिया सुविधा, जोखिम एकदमै कम भएको, सुरक्षित सुत्केरी सेवा प्रदान गरिने र अन्य प्रकारका रोगहरू महिलामा भएमा पनि बरिष्ठ फिजिसियनहरू भरतपुर अस्पतालमा रहेकोले पनि जनतामा भरतपुर अस्पताल प्रति विश्वास वढेको विभागीय प्रमुख डा. पोख्रेलले दावी गुर्नभयो । भरतपुर अस्पतालमा विगत ७ वर्ष अघिदेखि आमा सुरक्षा कार्यक्रम लागु हुँदै आएको छ ।
विभागीय प्रमुख डा. पोख्रेलले भन्नुभयो ‘ भरतपुर अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू गरिएकाे छ । अन्य अस्पताल वा मेडिकलमा जाँदा विभिन्न वहानामा शुल्क लिने हुँदा अस्पतालमा गर्भवती महिला आउँने गरेका हुन ।’ भरतपुर अस्पतालमा १५ जिल्लाका गर्भवती महिलाले सेवा लिने गरेका छन् ।
प्रकाशित मितिः २०७२ साउन १७ गते आईतवार
Comment Here!