महिला खबर
कैलाली, साउन १८ । कैलाली जिल्ला प्रशासन कार्यालयमा दैनिक सयौ बंशजको आधारमा बुबाको नामबाट नागरिकता बनाउन आउँछन् । तर, निश्चल र राजन भने आमाको नामबाट नागरिकता बनाए ।
कैलाली जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांङक अनुसार आर्थिक वर्ष २०७१/०७२ मा १४ हजार १ ले नागरीकता लिएका छन् । त्यस मध्ये आमाको नामबाट नागरिकता लिनेमा राजन बादी र निश्चल नेपाली रहेका छन् । भने ५३ जनाले अंगिकृत आधारमा नागकिता लिएका छन् ।
विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेमा नेपालको प्रचलित कानुन अनुसार निज महिलाले आफ्नो विदेशी नागरिकता त्यागेको हकमा अंगीकृत नेपाली नागरिकता पाउने ब्यवस्था छ ।
नागरिकता ऐनमा १५ वर्ष नेपालमा बसेका र नेपाली भाषा बोल्न र लेख्न जान्नेले निवेदन दिए अंगीकृत नागरिकता दिने व्यवस्था छ । धासिहपुर १ र ४ मा बस्ने राजन ०२८६९ र निश्चलको ११५३८ नागरिकता नम्बर हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बुबाको नागरिकता लिएर आमा आएर नागरिकता बनाउनेको सख्या धेरै भएको तर आमा नआएको बुबाको पहिचान नभएको व्यक्ति नागरिकता बनाउन न्युन रुपमा आउँने गरेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठ आमाको नामबाट नागरिकता लिन सहज नभएको वताए । उनले बुबा नभएको बच्चाको नागरिकता पाउने धेरै गाह्रो भएको बताएका छन् ।
नयाँ बन्ने सविधानमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरेमा मात्र नागरिकता लिनबाट धेरै नेपाली बालबालिका बन्चित नहुने श्रेष्ठको भनाईछ ।
प्रकाशित मिति २०७२ साउन १८ गते सोमवार
Comment Here!