प्रताप बानियाँ
म्याग्दी, साउन १८। म्याग्दीको ताकम सिबाङमा एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सिबाङका रामबहादुर कामीले आफ्नी श्रीमती लालमती विकलाई कुटपिट गरेको २ दिनपछि मृत्यु भएपछि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
अभियुक्त विकले आफू वैदेशिक रोजगारको सिलसिला विदेशमा रहँदा घरमा पठाएको पैसा श्रीमतीले हिनामिना गरेको, मदिरासेवन गर्ने गरेको, छोराछोरीको हेरचाह नगरेको भन्दै श्रीमती लालमतीलाई हानेको प्रारम्भिक अनुसन्धानमा स्वीकार गरेको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताउनुभयो।
गएको बिहीबार घरायसी झगडामा कामीले श्रीमतीलाई हातपात समेत गरेका थिए। विरामी समेत रहेकी लालमतिको ताकम स्वास्थ्यचौकीमा उपचारपछि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको निमित्त प्रहरीनायव उपरिक्षक उपाध्यायले जानकारी दिनुभयो। प्रहरीका अनुसार अभियुक्तलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखिएको छ।
प्रकाशित मितिः २०७२ साउन १८ गते साेमवार
Comment Here!