लैङि्गक उत्तरदायी बजेटको फितलो कार्यान्वयन


प्रकाशित मिति :2015-08-03 12:46:41

महिला खबर
काठमाडौ,साउन १८ । स्थानीय निकायमा लैङि्गक उत्तरदायी बजेटको कार्यान्वयन अवस्था कमजोर रहेको एक अध्ययनले देखाएको छ ।मीरेष्ट नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिबेदन अनुसार स्थानीय निकायको बजेट मध्ये ११ प्रतिशतमात्र महिला तथा लक्षित समूदायले प्रत्यक्ष लाभ पाउने अवस्थामा रहेकाछन् ।

मीरेष्ट नेपालले धनुकुटा, सुनसरी, बाँके, बर्दिया र कैलालीको दश गाविसको वार्षिक योजना तथा कार्यक्रमको निरिक्षण गर्दा लैङि्गक उत्तरदायी बजेटको वर्गिकरण गर्दा यस्तो अवस्था पाईएको मीरेष्ट नेपालका महासचिव कुमार यात्रुले जानकारी दिनुभयो ।

गतवर्ष मुलुक भरका स्थानीय निकायको कुल बजेट १२ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा गाविसहरूले ८ अर्ब २१ करोड रुपैयाँ परिचालन गरेका थिए । याे रकम मध्ये महिला तथा लक्षित समुदायलाई प्रत्यक्ष फाईदा पुग्ने योजना तथा कार्यक्रम ११ प्रतिशत मात्र रहेको अध्ययन प्रतिबेदनमा उल्लेख छ । अप्रत्यक्ष तर्फ १३ प्रतिशत र स्थानीय निकायको बजेटको ७६ प्रतिशत रकम टतस्थ रहेको पाईएको छ ।

स्थानीय निकायको बजेटको ठूलो अंश सडक तथा भवन निर्माणमा खर्च हुने भएकाले लैङि्गक रुपमा तटस्थ रहन गएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय निकाय लैङि्गक उत्तरदायी तथा समावेशी बजेट नीतिगत व्यवस्था संभावना र चुनौति बिषयक कार्यपत्र प्रस्तुत गर्दै स्थानीय निकाय विज्ञ डा संग्राम सिंह लामाले लैङि्गक उत्तरदायी बजेटलेमात्र नेपाली समाजको विविधतालाई समेट्न नसक्ने भएकाले लैङि्गकता सँगै सामाजिक समावेसीकरणमा पनि जोड दिनु पर्ने धारणा राख्नुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले लैङि्गक उत्तरदायी बजेटका सूचकहरूमा परिमार्जन गर्न मन्त्रालय तयार रहेको बताउँदै स्थानीय निकायको सेवा लैङि्गकमैत्रीका साथै सामाजिक समावेशीकरण मुखि बनाउँदै गएको दाबी गर्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै मन्त्रालयका उपसचिव तथा लैङि्गक समानता तथा समाजिक समावेशी शाखा प्रमूख लीला अधिकारीले जनताको घर नजिकको सरकार स्थानीय निकायलाई लैङि्गकमैत्री बनाउने विभिन्न संयन्त्र खडा गरिएको जानकारी गराउनुभयो ।

प्रकाशित मिति २०७२ साउन १८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: