महिला खबर
महोत्तरी, साउन १८ । १५ वर्षीया बालिकालाई वलात्कार गरेको अभियोगमा पक्राउ परेका एक युवालाई जिल्ला अदालत महोत्तरीले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका फूलहट्टा परिकौलीका २९ वर्षीय रोहवर अन्सारीलाई प्रहरीले आईतवार अदालतमा पेश गरेको थियो । जिल्ला न्यायधिस पूर्णप्रसाद वास्तोलाले पहिलो सुनुवाईमा नै उक्त आदेश दिनुभएको हो ।
गाउँ नजिकैको आँप वगैँचामा दिसा गर्न गएको मौका पारी गत वैशाख २२ गते साँझ ७ वजे बलात्कार गरेको भनी पीडित बालिकाले दिएको उजुरीको आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति २०७२ साउन १८ गते सोमवार
Comment Here!