लतासा घटनामा सञ्जालले मुख खोल्यो


प्रकाशित मिति :2015-08-03 15:21:09

महिला खबर

काठमाडौं,साउन १८ । नेपाली सेनाका मेजर विष्णु कार्की सँग विवाह गरेकी २२ वर्षीया लतासा क्षेत्रीको मृत्यु रस्यमय भएको अन्तर पार्टी महिला सञ्जालले बताएको छ । उनको मृत्युबारे न्यायीक छानबिनका लागि सहयोग गर्न अनुरोध गर्दै आमा शारदा क्षेत्रीले सञ्जालमा निवेदन दिएपछि सञ्जालले लतासाको मृत्युबारे छानबिन सुरु गरेको अध्यक्ष शशी श्रष्ठले जानकारी दिनुभयो ।

उहाँले प्रारम्भिक अनुसन्धानबाट लतासाको मृत्यु असामान्य भएको देखिएको बताउनुभयो । लतासा घटनाको अनुसन्धानको लागि सञ्जालले टोलीनै खटाएको छ । अनुसन्धानका क्रममा आशंका गर्ने ठाउँ थुप्रै भेटिएको श्रेष्ठले दाबी गर्नुभयो । श्रेष्ठले भन्नुभयो ‘घटनाको न्यायीक छानविन गर्ने दायित्व राज्यले हो । तर, माइती पक्षले न्यायको लागि सञ्जालको सहयोग मागेकाले अनुसन्धानमा लागेका हौं ।’

अनुसन्धानमा खटिएको टोलीका अनुसार लतासाको दाहासंस्कार गर्दा आमा बुबालाई खबर नगरेको, अस्पतालको विवरण पनि एक अर्कोसँग नमिलेको, छिमेकीसँग कुरागर्दा भनाईमा फरक आउनु, सुरक्षा निकायको रिर्पोट अनुसार एउटा छिमेकीले छतमा खुट्टा हल्लाएर बसेको देख्ने र अर्कोले पलेटी कसेर बसेको देख्नु जस्ता विरोधाभासपूर्ण कुरा बाहिर आउनुले उनको मृत्यु सामान्य होइन कि भन्ने आशंका लागेकोे सञ्जालको दाबी छ ।

सञ्जालले प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीलगायतका सम्बन्धित निकायलाई उच्चस्तरीय टोली बनाएर लतासा घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । लतासा क्षेत्रीलाई असार २५ गते दिउँसो ३ बजे धापासीको ग्राण्डी अस्पतालमा मृत घोषणा गरिएको थियो । यता घरतिरका आफन्तले लतासाले छतबाट हाम्फालेर आत्महत्या गरेको बताउँदै आएका छन् ।

प्रकाशित मितिः २०७२ साउन १८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: