मुस्लिम महिला शसक्तिकरण आवश्यक


प्रकाशित मिति :2015-08-03 16:35:50

सृजना अर्याल

चितवन, साउन १८। मुस्लिम समुदायका महिलालाई शसक्तिकरण आवश्यक रहेको एक कार्यक्रमका वक्ताले औंल्याएका छन् । जिल्ला महिला पैरवी मञ्च चितवनको आयोजनामा चितवन जिल्लाका मुस्लिम महिलाका लागि शसक्तिकरण तथा कानुनी प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन्।

चितवनमा पहिलो पटक मुस्लिम महिलालाई लक्षित गरि शसक्तिकरण तथा कानुनी प्रशिक्षण दिइएको हो।

कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकालले समुदाय लक्षित कार्यक्रम कार्यक्रमका लागि बजेट आउने भएकाले समुदाय लक्षित कार्यक्रम गर्नपुर्नेमा जोड दिनुभयो। कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अधिकृत ढकालले समुदाय लक्षित कार्यक्रमले समाज रुपान्तरणमा टेवा पुग्ने समेत बताउनुभयो।

कार्यक्रममा मुस्लिम समुदाय चितवनका अध्यक्ष युसुफ दिन मियाले समग्र समुदाय नै पछि परेको अवस्थामा मुस्लिम महिला पछि पर्नु स्वाभाविक भएपनि आफ्नो हक अधिकारका लागि अब आफै जाग्नुपर्ने धारणा राख्नुभयो । गीतानगर, शारदानगर, जुटपानी, खोलेसिमल, भरतपुर क्षेत्रका करिव ५५ जना मुस्लिम समुदायका महिला प्रशिक्षणमा सहभागी छन्।

सो अवसरमा जिल्ला महिला पैरवी मञ्च चितवनका अध्यक्ष शकुन्तला शाही ठकुरीले आफूहरू सँधै निश्चित वर्ग , समुदाय लक्षित कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो।

उहाँले विगतमा एकल र चेपाङ महिलालाई पनि शसक्तिकरण सम्बन्धि कार्यक्रम सञ्चालन गरेका बताउनुभयो।
चितवनमा करिव ४ हजारको हाराहारीमा मुस्लिम समुदाय बसोबास गरेको मुस्लिम समुदाय चितवनका सचिव जुम्मादिन मियाले जानकारी दिनुभयो।

प्रकाशित मितिः २०७२ साउन १८ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: