राष्ट्रपतिद्वारा बाेक्सी आरोप सम्बन्धी ऐन प्रमाणीकरण


अधिकतम सजाय दश वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना

प्रकाशित मिति :2015-08-03 21:48:54

महिला खबर

काठमाडौं,  साउन  १८ । राष्ट्रपति डा रामवरण यादवले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले राष्ट्रपतिबाट सो ऐन प्रमाणीकरण भएको जानकारी दिनुभएकाे हाे ।

व्यवस्थापिका–संसद्ले यही साउन १६ गते बोक्सी आरोप लगाएर शारीरिक र मानसिक यातना दिनेलाई कडा सजाय दिने गरी तयार गरेको सो ऐन पारित गरेको थियो ।
राष्ट्रिय महिला आयोगले २०६७ मा महिला तथा बालबालिका मन्त्रालयमा बोक्सीको आरोप लगाई अमानवीय यातना दिनेलाई कानुनी कारबाहीको दायरामा ल्याउने ऐन प्रस्ताव गरेको थियो । ऐन प्रस्ताव गरेको करिब ६ वर्षपछि ऐन पारित भएको हो ।

धामी झाँक्री, टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सीको आरोप लगाउनेलाई सात वर्षसम्म कैद र  ७० हजार रुपैयाँ जरिवाना हुने नयाँ ऐनमा व्यवस्था गरिएको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडित बसेको स्थानबाट निकाला गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था एेनमा  छ ।

नयाँ ऐनले बोक्सी आरोपमा कुटपिट गर्ने, डाम्ने, पोल्ने वा रासायनिक, बिषालु वा जैविक पदार्थको प्रहार गर्न नपाउने व्यवस्था गरेको छ ।

यातना दिएको प्रमाणित भए १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना, अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र र ३० हजार रुपैयाँ जरिवाना, निकाला गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार  रुपैयाँ जरिवाना, धामी झाँक्रीको माध्यमबाट आरोप लगाउनेलाई सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था एेनमा छ । यसैगरी प्रहरी अनुसन्धानमा दखल दिन खोजे  ३० हजार रुपैयाँ जरिवाना र तीन महिना कैद र बोक्सीको आरोपमा यातना दिने व्यक्तिलाई उक्साउनेलाई समेत सजायको व्यवस्था  एेनमा गरिएको छ ।

प्रकाशित मितिः २०७२ साउन १८ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: