हि‌ंसाविरुद्ध उजुरी गर्ने बढे


एक वर्षमा १ सय २८ महिला हिंसाका उजुरी

प्रकाशित मिति :2015-08-04 13:57:49

ईश्वरी जी.एम

रोल्पा, साउन १९। रोल्पामा महिला तथा लैंगिक हिंसाका घटना बढेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा २०७१ साउन महिनादेखि २०७२ असार मसान्तसम्म घरेलु हिंसाका ७८ वटा र सामाजिक हिंसाका ५० गरी १ सय २८ वटा उजुरी दर्ता भएको सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरिक्षक दिल कुमारी बुढाले जानकारी दिनुभयो।

दर्ता भएका धेरै जसो हिंसाका घटनामा दुवैपक्ष मिलापत्र गरेर गएको र केही अदालतसम्म पुगेको सेवा केन्द्र प्रमुख बुढाले बताउनुभयो।

बुढाका अनुसार केही वर्ष अघिसम्म महिला तथा लैंगिक हिंसाका सानाठुला घटना गाउँघरमै मिलाउने र बाहिरै नल्याउने प्रबृत्ति भएपनि पछिल्लो समय यस्ता खालका घटना प्रहरीसम्म आउने क्रम बढेको छ।

आर्थिक २०६८/०६९ मा घरेलु हिंसाका १९ र सामाजिक हिंसाका ४६ घटना दर्ता भएका छन् भने २०६९/०७० मा घरेलु हिंसाका ६५ र सामाजिक हिंसाका ६८ वटा दर्ता भएका छन्। यसैगरी आर्थिक वर्ष २०७०/०७१ मा घरेलु हिंसाका ९४ र सामाजिक हिंसाका ३० घटना दर्ता भएको प्रहरीले जानकारी दिएको छ।

महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता हुने घरेलु हिंसाका अधिकांश घटना रक्सी खाएर श्रीमतीलाई कुटपिट गर्ने, बहुविवाहपछि पहिलो श्रीमतीलाई खान, लाउन तथा घरमा बस्न नदिनेलगायतका रहेका छन्।

प्रकाशित मिति २०७२ साउन १९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: