अधिकारका लागि मानव साङ्लो बनाउने चेतावनी


प्रकाशित मिति :2015-08-04 21:55:07

कविता श्रेष्ठ

काठमाडौं,साउन १९  । महिलाअधिकारकर्मीले आगामी संविधानमा महिलाको अधिकार सुनिश्चित नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । महिलामैत्री संविधानका लागि दबाबस्वरूप बुधबार सिट्ठी जुलुश निकालेका महिलाले माग पुरा नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

mrmb1

बबरमहलदेखि सुरु भएको जुलुश नयाँबानेश्वर पुगेर टुङ्गिएको थियो । जुलुशपछिको कोणसभामा बोल्दै महिलाले अब बन्ने संविधानमा नागरिकतामा समान अधिकार, प्रजनन् स्वास्थ्य अधिकारलगायतका अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

उनीहरूले माग पुरा नभएसम्म मानब साङ्लो बनाइ घेर्ने कार्यक्रमको घोषणा समेत गरेका छन् । टाउको र हातमा अधिकारका विभिन्न नारा लेखिएको कालो पट्टी बाँधी जुलुशमाका सहभागी भएकाहरूले सिट्ठी फुक्दै बानेश्वर पुगेका थिए । कालो पट्टी र प्लेकार्डमा आमाको नामबाट नागरिकता जारी गर, महिलाको प्रजनन स्वास्थ्यअधिकार सुनिश्चित गर,लगायतका नारा लेखिएका थिए । जुलुशमा अधिकारकर्मी,बिद्यार्थी र बिभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागी थिए ।

प्रकाशित मितिः २०७२ साउन १९ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: