महिला पीडित भएका अधिकांश मुद्दा फर्छ्याेट


प्रकाशित मिति :2015-08-05 12:30:16

महिला खबर 

नेपालगन्ज, साउन २० । पुनरावेदन अदालत नेपालगन्जमा महिला पीडित भएका अधिकांश मुद्दा फर्छ्याेट भएका छन् । महिला पीडित भएका १ सय २३ मुद्दा मध्ये हाल २३ मुद्दामात्र बाँकी रहेका छन् । महिला पक्षका ३ सय ५० मध्ये ६६ मुद्दा विविधकारणले विचाराधिन अवस्थामा रहेको पुनरावेदन अदालत नेपालगन्जले जनाएको छ ।
यसैगरी, बालबालिका पीडित भएको १ सय १८ मुद्दा र पक्ष भएको ५३ मुद्दा सबै फच्र्याेट भएको छन् । पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठले महिला तथा बालबालिकाको क्षेत्रमा अदालत अत्यन्तै संवेदनशिल भएको बताउँदै महिला पीडित र पक्ष भएको केही न्यून मुद्दाहरूमात्र बाँकी रहने गरी सुनुवाई भएको बताउनुभयो ।

अदालत महिला तथा बालबालिका मैत्री भएकोले नै यी दुवै क्षेत्रको प्रतिनिधित्व हुने मुद्दाहरू विशेष महत्व र प्राथामिकताको साथमा सुनुवाई हुने गरेको उहाँले बताउनुभयो ।

अदालतमा पीडित महिला हुने मुद्दाहरूमा जवरजस्ती करणी, हाडनाता करणी, बोक्सी आरोप, बहुविवाह, घरेलु हिंसा अपहरण, बेचविखन लगायतको रहेको र बालबालिका पीडित रहेको मुद्दाहरुमा यौन दुुराचार, बालविवाह, अप्राकृतिक मैथुन, जवरजस्ती करणी, हाडनाता करणी, घरेलु हिंसा, बेचविखन, जातिय विभेद जस्ता मुद्दाहरू रहेको पुनरावेदन अदालतले जनाएको छ ।

प्रकाशित मिति २०७२ साउन २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: