गर्भ जाँच नगराए जरिबाना


गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य बारे परिवारसँग परामर्श

प्रकाशित मिति :2015-08-05 12:46:00

महिला खबर
बाजुरा, साउन २०। छताराका महिलाले नियमित स्वास्थ्य जाँच नगर्ने गर्भवतीलाई नगद जरिबाना गर्ने निर्णय गरेका छन्। गाविसमा गर्भवतीे महिलालाई नियमित गर्भ जाँच गर्न दवाव दिने गरी आमा समूह मार्फत नगद जरिबाना गर्ने लिखित निर्णय गरेका हुन्।

आमा समूहले गाँउमा रहेका महिलाको नियमित चेक जाँच र सुत्केरी हुने मिति बारे जानकारी लिने र त्यो नगरिए प्रति व्यक्ति एक पटकको ५० रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको स्वास्थ्य स्वयंसेविका शान्तादेवी रावलले जानकारी दिनुभयो। त्यस्तै महिला समूहहरूले गर्ने नियमित बैठकमा उपस्थित नहुँदा २० रुपैयाँ जरिबाना गर्ने समेत निर्णय गरेका छन्। जरिबाना वापतको रकम आमा समूहको बचत खातामा जम्मा गर्ने उनीहरूले बताए।

गर्भवती महिलाहरू नियमित गर्भ जाँच गराउन नजाने र यसका कारण बच्चा र आमा दुबैको स्वास्थ्य खतरामा पर्ने गरेको कारण महिला समूहले यस्तो यस्तो निर्णय गरेको उनीहरूको भनाइ छ । यो निर्णयले गर्भवती महिलाको स्वास्थ्यमा पहुँच पुर्‍याउनेमा आशावादी रहेको रावलले बताउनुभयो।

समूहमा आवद्ध गाँउका २५ जना महिलाले मासिक बचत गर्ने समेत निर्णय समेत गरेका छन्। गर्भवती आमा र सुत्केरीलाई समस्या पर्दा आवश्यक सहयोग गर्न समूहको बचत खाता बनाएर पैसा जम्मा गर्ने गरेको स्थानिय महिला मनसरा रावलले बताउनुभयो। समूहमा आवद्ध महिला गाँउमा मासिक रुपमा नियमित बैठक बस्ने, गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य अवस्था बारे जानकारी लिने, स्वास्थ्य चेतना दिने सासु ससुरा, श्रीमानसँग उनीहरूको स्वास्थ्य अवस्था ख्याल गर्ने गरी परामर्श दिने गरेका छन्।

गाँउमा आमा समूह गठनपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढेको साथै गर्भ नियमित चेकजाँच गर्नेको संख्यामा वृद्धि भएको छतारा स्वास्थ्य चौकीका अहेब कुवेर सिंहले जानकारी दिनुभयो। साथै उनीहरूलाई स्थानिय उत्पादन हरियो सागपात र अन्य खाद्यान्न वालीको महत्व बारे पनि जानकारी दिने गरिएको छ। छतारा गाविस पुग्न सदरमुकामबाट दुई दिन पैदल हिड्नुपर्छ।

प्रकाशित मितिः२०७२ साउन २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: