नयाँ भूमिकामा सासूआमा


प्रकाशित मिति :2015-08-05 16:36:32

बेलिना थापा

Sutkeri

लमजुङ। लमजुङ चण्डीस्थानकी चिजा रिमाल १७ दिनकी आफ्नी सुत्केरी बुहारी स्याहार्न व्यस्त छिन्। उनले बुहारीलाई दिनमा चार पटक पोषणयुक्त खानेकुरा खान दिएको सुनाइन्। उनी भन्छिन् ‘पहिला हामी सुत्केरी हुँदा ११ दिनसम्म कसैले छुँदैनथे, न्वारन हुने वित्तिकै काममा जानुपर्थ्यो, खाना राम्रो पाइँदैनथ्यो। अहिले बुहारीले भने मैलेजस्तो दुःख पाएकी छैनन्। राम्रो स्याहार गरेकी छु। ‘

सुत्केरी माया रिमालले पनि सुआहारा कार्यक्रम गाउँमा विस्तार भएपछि  अामाहरूकाे व्यवहारमा धेरै परिवर्तन भएको बताउँछिन्। उनले भनिन्, ‘पहिले सासूले आफूलाई खानामा पनि भेदभाव गर्ने, काममा दलाउने गरेपनि अहिले भने म गभर्वती भएदेखी सुत्केरी हुँदासम्म बच्चा र आमाको स्वास्थ्यको लागि खटिरहनुभएको छ।’ अहिले सासूले घरको सबै काम आफै गर्ने र खानामा पनि चारखाना समूह (हरियो सागपात, फलफुल, गेडागुडी र मासु) मिलाएर ख्वाउने गरेको मायाले बताइन्। सुआहार कार्यक्रम नआएको भए मेरो सासुमा यतीधेरै परिवर्तन आउने थिएन होला भन्दै उनले हँसिलो मुहारमा सुआहारा कार्यक्रमलाई धन्यवाद दिइन्।

सुआहारा कार्यक्रम अर्न्तगत तालिम लिएपछि सासूको व्यवहारमा परिवर्तन आएको सिर्जना रिमाल बताउँछिन्। पहिले स्वास्थ्य सम्बन्धी जानकारी थिएन, अहिले रेडियो कार्यक्रम सुनेर हजार दिनको महत्व बुझेकाले सासूले धेरै ख्याल गर्ने गरेको उनी बताउँछिन्। ‘बच्चा र मेरो खानेकुरा र आरामका बारेमा उहाँले निकै ध्यान दिनुहुन्छ’ सिर्जनाले भनिन्।

चण्डीस्थानकी हरिमाया रिमालले सुत्केरी बुहारी र नातीको राम्रो स्याहार गरेको भन्दै मोडेल हजुरआमाको रुपमा आफू छनौट भएको बताइन्। उनले सवै काम आफूले गरी बुहारीलाई चार खाना समूह मिलाएर खुवाएको र आराम गर्न दिएको बताइन्। सरसफाईमा पनि कार्यक्रम सुआहाराले घरघरमा गएर जानकारी दिएको हुनाले आजभोली हरेक कुरामा ख्याल गर्ने गरेको हरिमाया बताउँछिन्।

चण्डीस्थान कै प्रकाशसिंह रिमालले अहिले श्रीमतीलाई हरेक कुरामा सहयोग गरेको बताए। उनले भने ‘ श्रीमती गर्भवती भएदेखि साथमा नै छु। अहिले उनी ४५ दिन कि सुत्केरी छन् मैले उनको र बच्चाको स्वास्थ्यको हेरचाह गर्छु।’

सुआहारा कार्यक्रमले कुपोषित बालबालिकालाई पनि सहयोग गर्दै आएको छ। हजार दिनका आमा र बच्चाको स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको सुआहरा कार्यक्रम जिल्लामा विस्तार भएपछि महिलाको व्यवहारमा परिवर्तन आएको छ। जन्मेदेखी २ वर्ष नपुन्जेलसम्म आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्यले सुआहारा कार्यक्रम सुरु गरिएको हो। जिल्लाका विकट गाउँमा समेत कार्यक्रम विस्तार भएपछि महिला र बच्चाको स्वास्थ्यमा सुधार आएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक संजीव विष्टले जानकारी दिए।

हजार दिनका आमा र बच्चाको स्वास्थ्य सुधारका लागि सुआहारा कार्यक्रमले रेडियोबाट सूचना र रेडियो कार्यक्रम प्रसारण गर्ने गाउँमा माईकिङ गर्ने गरेको छ। यो कार्यक्रम लमजुङका ३५ सय २२ घरमा पुगेको। यसैगरि कार्यक्रमले ६ सय ६७ वटा आमा समूहलाई पोषिलो खीर र चटपट बनाउने तालिम दिएको कार्यक्रम संयोजक संजीव विष्टले बताए। उनका अनुसार चार महिनासम्मका सुत्केरीलाई घरघरमा पुगेर सल्लाह, सुझाव दिने गरेको र कार्यक्रम लागु भएका सबै गाविसमा तरकारीको बिउ वितरण गर्ने, महिला सुत्केरी हुँदा अस्पताल ल्याउन सजिलो होस् भनी स्टेचर वितरण गर्ने गरिएको छ।

यसैगरि हजार दिनसम्मका आमाको स्वास्थ्यलाई मध्यनजर गर्दै कुखुरा वितरण गर्ने, बर्थिङ सेन्टर स्थापना गर्ने र हजार दिनका आमा र अभिभावकहरूलाई पोषण सम्बन्धी तालिम संचालन गर्दै आएको विष्ट बताउँछन् । सुआहारा कार्यक्रमबाट धेरै कुरा सिकेकोले यसलाई निरन्तरता दिनुपर्ने स्थानीय महिलाको माग छ। कार्यक्रम केही महिनापछि सकिँदैछ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: