अधिकार नपाएसम्म दलितसमुदायले आन्दोलन जारी राख्ने


प्रकाशित मिति :2015-08-06 09:47:54

महिला खबर

काठमाडौं, साउन २१। नयाँ संविधानमा केन्द्रमा ३ संघमा ५ र स्थानीय तहका व्यवस्थापिकामा १० प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्नेलगायतका ९ बुँदे माग राख्दै आएका दलित समुदायले बुधवार बानेश्वरमा जनप्रदर्शन गरेका छन्। संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित सभासद् समन्वय मञ्च र दलित नागरिक समाजको संयुक्त आयोजनामा बबरमहलदेखि निकालिएको उक्त र्‍यालीसहितको जुलुस नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

नयाँ संविधानमा पहिलो संविधानसभा, संविधानसभा अन्तर्गतको निर्क्यौल समितिले सर्वसम्मतीबाट पारित गरेका व्यवस्थालाई यथावत राखिनुपर्ने, राज्यका सबै संयन्त्रमा क्षतिपूर्तीसहित समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्नेलगायतका नौबुँदे साझा माग राख्दै आएका दलितले चरणबद्ध आन्दोलन अन्तर्गत जनप्रदर्शन गरेको बताए।

कोणसभालाई सम्बोधन गर्दै सभासद् मीन विश्वकर्माले पूर्व सहमति भइसकेका र सबैले स्वामित्व ग्रहण गरिसकेका दलित समुदायका मुद्दालाइ राजनीतिक दलका शीर्ष नेताले कटौती गरेको भन्दै आपत्ति जनाउनुभयो। सभासद् जीतु गौतमले आफूहरूका मुद्दा एकाएक कटौती गरि संविधानको मस्यौदा ल्याइएकाले बाध्य भएर आन्दोलनमा होमिएको बताउँदै अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो।

उहाँले अरुका मौलिक हकमा कानुन बनाउनु नपर्ने तर दलित समुदाय सम्बन्धि व्यवस्था गरिएको मौलिक हकका विषयमा कानुन बमोजिम हुनेछ भन्ने व्यवस्था राखेर बिभेद गरेको बताउनुभयो। सभासद् दलजीत श्रीपाइलीले दलित समुदायको हकहित र अधिकार प्राप्तिका लागि जनयुद्धमा ज्यानको बाजी थापेर नाफामा आएको जिन्दगीलाई दलितको अधिकार प्राप्तिका लागि आहुति दिन तयार भएको बताउनुभयो।
सभासद् अनिता परियारले दलित समुदायले राज्य नमागेर नयाँ संविधानमा आफ्नो अधिकार मागेको बताउँदै सत्तामा बसेका केही व्यक्तिले आफूहरूका अधिकारलाई जबर्जस्ती कटौती गरेको बताउनुभयो। यसका लागि आफूहरू अधिकार प्राप्त नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै ऐक्यवद्धताका लागि सबैमा अपिल गर्नुभयो।

सभालाई सम्बोधन गर्दै गैर सरकारी संस्था महासंघकी अध्यक्ष शर्मिला कार्कीले दलित आन्दोलन न्यायको आन्दोलन भएकाले यो राष्ट्रको आन्दोलन हो भन्दै आन्दोलनप्रति आफ्नो ऐक्यवद्धता जनाउनुभयो। उहाँले घाइतेको उपचारका लागि नागरिक समाजद्वारा स्थापित कोषलाई पाँचहजार दिने वचन दिनुभयाे।

सो अवसरमा दलित अधिकारका लागि अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउँदै आएको ग्लोबल फोरमका संयोजक धर्म विश्वकर्माले घाइते उपचार कोषमा फोरमका तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो।

प्रकाशित  मितिः २०७२ साउन २१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: