कुरीकुरी संयुक्त राष्ट्रसंघ !


७० वर्षकाे इतिहासमा राष्ट्रसंघकाे महासचिव पदमा एक जना महिला पनि अाएनन्

प्रकाशित मिति :2015-08-06 12:21:04

महिला खबर

एजेन्सी, साउन २१। संयुक्त राष्ट्रसंघको महासचिव पदमा अव महिला हुनुपर्ने आवाज विश्वव्यापी रुपमा उठ्न थालेको छ। उनीहरूले अवकोपालोमा महिला महासचिव नियुक्त गर्न संयुक्त रुपमा राष्ट्रसंघलाई दवाव दिइरहेको अल जजीराले जनाएको छ। संयुक्त राष्ट्रसंघले लैंगिक समानता र समान सहभागिताका लागि आवाज अठाँउदै आएपनि यसको स्थापनाकालदेखि महासचिव पदमा कुनै पनि महिला आएका छैनन्।

वर्तमान महासचिव वान कि मूनको कार्यकाल सन् २०१६ मा सकिँदैछ। २००७ जनवरी १ देखि वान की मुनले कार्यभार सम्हालेका थिए। उनको पहिलो कार्यकाल सन् २०११ डिसेम्बरमा सकिएको थियो। उनी दोस्रो पटक संयुक्त राष्ट्रसंघको महासचिवमा नियुक्त भएका हुन्।
सन् १९४६ देखि हालसम्म वानसहित ८ जना पुरुषले संयुक्त राष्ट्रसंघको महासचिव पद सम्हालेका छन्।

जर्मन चान्सलर ऐन्जीला मर्केल , लाईबेरीयाकी एलेन जोनसन सर्लिफ र चिलिकी माईकेल वचालेट जस्ता महिलाले संसारमा आफ्नो योग्यता पर्याप्त रुपमा स्थापित गरिसकेकाले उनीहरू यो पदमा आउन योग्य भएको यले विश्वविद्यालयकी जीन क्रास्नोले बताइन्। उनी भन्छिन् —’८ जना पुरुष महासचिव भए, अव महिला  हुने पालो हो।’ विश्वको आधा भन्दा बढी जनसंख्या रहेको महिलाले अहिलेसम्म त्यो पदमा प्रतिनिधित्व गर्न नपाएको उनको भनाइ छ।

संयुक्त राष्ट्रसंघको वडापत्रले लैङि्गक समानता र महिला अधिकारको सम्मान गर्न आव्हान गरेको छ, तर, अहिलेसम्म महासचिव पदमा पुरुषमात्रै आएका छन्। त्यसैले संयुक्त राष्ट्रसंघले आफ्नो वडापत्रलाई कार्यान्वयन गरी अब महिलालाई महासचिव पदमा ल्याउनुपर्ने अभियन्ताहरूको माग छ।

प्रकाशित मितिः २०७२ साउन २१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: