सात वर्षीया बालिका बलात्कार गर्ने पक्राउ


उसलाई जेल बाहिर नल्याउः पीडित बालिका

प्रकाशित मिति :2015-08-06 15:04:11

महिला खबर

सुनसरी, साउन २१। बहिनी पर्ने सात वर्षीया एक बालिकालाई बलात्कार गर्ने १९ वर्षीया केशव गिरीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ। उनलाई बुधबार राती घरैबाट पक्राउ गरिएको थियो। सुनसरीको धरान उपमहानगरपालिका विजयपुर बस्ने केशव गिरीले बुधबार राती पनि ती बालिकालाई आफ्नै घरमा लगेर पटक–पटक बलात्कार गरेको उजुरी बालिकाका परिवारले दिएपछि पक्राउ गरिएको हो। गिरीले गत असार १ गतेदेखि साउन दोश्रो सातासम्म पटक पटक बलात्कार गर्दैै आएको र विभिन्न डर धम्की दिएका कारण बहिनीले भन्न नसकेको पीडितकी दिदीले बताइन्।

महेन्द्र बहुमुखी क्याम्पसमा विविएस प्रथम वर्षमा अध्ययरत गिरीले बालिकालाई पीडा दिएर बलात्कार गर्ने अपराधिक चरित्र भएको प्रहरीले बताएको छ।नाम उल्लेख नगर्न अनुरोध गर्दै पीडित बालिकाकी दिदीले भनिन्, ‘बहिनीलाई डर धम्की, देखाएर बलात्कार गर्दै आएको रहेछ। मुखमा रुमाल खाँदेर र हातखुट्टा बाँधेर बलात्कार गर्दैआएको रहेछ। बहिनीले अति भएपछि उसको साथीलाई ‘केशव दाइले मलाई ‘नराम्रो काम’ गर्न लगाउछ’ भनेर सुनाइछन्। ती साथीले हामीलाई सुनाएपछि मात्र बल्ल सवै घट्ना थाहा भयो।’

केशव पक्राउ परेपछि बालिकाले आफूलाई डरत्रास देखाएर जहिले पनि कोही नभएको मौका पारेर ‘नराम्रो काम’ गर्न लगाउने र कुटपिट समेत गर्ने गरेकाले जेल बाहिर नल्याउन अनुरोध गरेको परिवारले जनाएको छ।

घट्ना सार्वजनिक हुनासाथ पीडित बालिकाकी आमाले किटानी जाहेरीका साथ उजुरी दिएपछि प्रहरीले गिरीलाई बुधबार राती नै घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदम कुमार सिजापतिले जानकारी दिनुभयो। सिजापतिका अनुसार अभियुक्त गिरीले बालिका बलात्कार गरेको स्विकारेका छन्। पीडित बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

गिरीविरुद्ध बिहीबार जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको छ। प्रहरी नायव उपरिक्षक सिजापतिले भन्नुभयो, ‘१० वर्ष भन्दा मुनिका बालिका बलात्कार गर्नेलाई १० देखि १५ वर्ष जेल सजाय तोकिएको छ। त्यसमा नाता पर्ने देखिएमा थप १० वर्ष जेल सजाय हुन सक्छ।’

प्रकाशित मितिः २०७२ साउन २१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: