महिला खबर
पोखरा साउन २२। बोक्सीविरुद्धको जनचेतनाका लागि मानव अधिकारकालागि महिला, एकल महिला समूह कास्किले चलचित्र ‘रक्तभोग’ को च्यारीटी शो गर्ने भएको छ। बोक्सीको आरोपमा निर्मम हत्या गरिएकी चितनवकी ढेगनी देवीको सत्य घटनामा आधारित चलचित्र रक्तभोगको आउँदो भदौ १२ गते पोखरा सभागृहमा प्रदर्शन गर्न लागिएको जानकारी समूहकी अध्यक्ष प्रमिला तझ्याले पत्रकार सम्मेलनमा दिनुभयो।
समूहकी क्षेत्रीय संयोजक दुर्गा न्यौपानेलेे यो चलचित्रले विकृतिविरुद्ध जनचेतना जगाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो। उहाँले च्यारिटी शोबाट संकलितमध्ये आधा रकम चलचित्र निर्माता र बाँकी समूहको छात्रावृत्तिको कोषमा राखिने जानकारी दिनुभयो।
चलचित्र निर्माता रामचन्द्र लम्सालले २१ औं शताब्दीमा पनि बोक्सी प्रथा जस्ता अन्धविश्वास र कुसंस्कारका कारण महिला जिउँदै जलाइनु, मलमुत्र ख्वाइनु र चरम यातना दिएर हत्या गरिनु मानवताविरुद्धको जघन्य अपराध भएकाले सभ्य नागरिकले यसविरुद्ध आवाज उठाउन यो चलत्रिचले सहयोग गर्ने बताउनुभयो।
प्रकाशित मितिः २०७२ साउन २२ गते शुक्रवार
Comment Here!