आमाको व्यस्तताका कारण बच्चालाई नियमित स्तनपानमा समस्या


विश्व स्तनपान सप्ताह

प्रकाशित मिति :2015-08-07 11:29:47

रमला सिंगक

मोरङ, साउन २२। शहरी इलाकामा शिशुलाई स्तनपान गराउने आमाहरू घटदै गएको वरिष्ठ जनस्वास्थ्य अधिकृत भानु याङदेनले बताउनुभएको छ। विश्वस्तनपान दिवस (अगस्ट १ देखी ७) को अवसरमा जनस्वास्थ्य कार्यालय मोरङद्वारा आयोजित संचार अर्न्तक्रियामा वरिष्ठ जनस्वास्थ्य अधिकृत भानु याङदेनले  बढदो शहरीकरणसँगै कामकाजी र व्यस्तताका कारण शहरी क्षेत्रमा शिशुलाई पर्याप्त स्तनपान गराउने आमाहरूको संख्या घटेको हुनसक्ने उहाँले बताउनुभयो।

तर, ग्रामीण क्षेत्रमा भने सुरक्षित स्तनपानकालागि अझै जनचेतना अभिबृद्धिको आवश्यकता देखिएको छ’ — उहाँले बन्नुभयो।

जनस्वास्थय अधिकृत याङदेनले अझै पनि धेरै आमाहरूमा शिशुलाई कसरी सही आसनमा स्तनपान गराउने भन्नेबारे जानकारी नभएको बताउनुभयो। कामकाजी महिलाले आफनो स्तनबाट दुध निकालेर संचित गरी अरुको सहयोगमा खुवाउन सकिने उहाँको सुझाव थियो।
गाई, भैँसी वा डिब्बाको दुध भन्दा संचिती गरिएको आमाको दुध धेरै पौष्टिक हुने भन्दै शिशुलाई बोतल प्रयोग गरेर दुध नखुवाउन आग्रह गर्नुभयो।

जनस्वास्थ्य कार्यालय मोरङकी स्वास्थ्य कार्यकर्ता गीता कोइरालाले शिशुलाई स्तनपान गराउँदा स्तनको मुन्टो मुखभित्र पुरै पसाएर गराउनुपर्ने र स्तनपान पछि सोझो बोकेर ढाडमा विस्तारै मुसारेर डर्कान लगाउनु पर्ने बताउनुभयो।

नेपाल पुर्ननिर्माण संस्था (आरआरएन) विराटनगरका संयोजक राम ढुंगानाले आफूहरूले मोरङको जाँतेमा सर्वेक्षण गरेको र एक सय १५ जना आमा मध्ये ७६ प्रतिशत आमालाई ६ महिनासम्म बच्चालाई अनिवार्य र दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भन्ने थाहा भएपनि सुरक्षित आसनकाबारे थाहा नभएको पाइएको बताउनुभयो ।

नेपाल स्वास्थ्य सर्वेक्षण सन २०११ अनुसार नेपालमा ४५ प्रतिशत आमाले मात्र एक घण्टाभित्र आफ्नो बच्चालाई स्तनपान गराउने गरेका छन्। ८५ प्रतिशतले दिनमा एकपटक मात्र स्तनपान गराउने गरेका छन्। अझै पनि २५ प्रतिशतले चाँही शिशुलाई जन्मनासाथ बिगौती दुध खुवाउनुको साटो ध्यु, मह, चीनी चटाउने गर्दछन्। स्तनपानले शिशुको शारीरिक र मानसिक बृद्धिमा सहयोग पुर्‍याउने स्वास्थ्यकर्मीहरूले बताउदै आएका छन्। ।

उनीहरूका अनुसार आमाको बिगौती दुधमा ८७ प्रतिशत खनिज पर्दाथ हुने भएकाले शिशुलाई एलर्जीबाट जोगाउने, पाचन शक्त्ति बढाउने, आन्द्राको रक्षा, जण्डिस, संक्रमण रोगबाट जोगाउनुसँगै शिशुको मासंपेशीपनि बलियो बनाउन सहयोग पुर्‍याउछ।

याङ्देनले भन्नुभयो, ‘नियमित स्तनपानले आमालाई ९८ प्रतिशत गर्भ निरोधक काम गर्छ। सालनाल बाहिर निकाल्न सहयोग गर्छ। नियमित स्तनपान गराउँदा स्तनक्यान्सरबाट समेत बच्न सकिन्छ।’

प्रकाशित मितिः २०७२ साउन २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: