विधान महिलामैत्री बनाउन माग


प्रकाशित मिति :2015-08-07 15:31:31

महिला खबर 

पोखरा, साउन २२। पोखरा उद्योग वाणिज्य संघको २२ वर्ष पछि संशोधन हुन लागेको विधानलाई महिलामैत्री बनाउन महिला उद्यमीहले माग गरेका छन्। संघको विधान साउन २३ गते शनिबार संशोधन हुँदैछ। हाल २१ सदस्यीय संघको कार्यसमितिमा अहिलेसम्म महिलाका लागि आरक्षणको व्यवस्था गरिएको छैन। खुला प्रतिष्पर्धाबाट निर्वाचित ३ जना महिला अहिले कार्यसमिति सदस्य छन्।

पछिल्लो समय उद्यमी एवं व्यवसायीक महिलाको संख्या बढ्दै गएको भन्दै व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ महिलामैत्री हुनुपर्र्ने तर्क केन्द्रीय सदस्य हिरा भट्टराइको छ। अहिले हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको आवाज उठिरहेक बेला संघ महिला प्रति अनुदार हुनुहुँदैन, संशाेधन विधानमा कम्तिमा महिलाका लागि ३ जनाका लागि आरक्षण कोटा छुटाउनु पर्छ’, भट्टराइले भन्नुभयो।

कार्यसमितिमा महिलाको संख्या बढ्न सकेन भने महिला व्यवसायीका मुद्दा स्थापित गर्न नसकिने उहाँको भनाइ छ। विधानमा अध्यक्षले ४ जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ। विधानबाट ती ४ मध्ये कम्तीमा १ जना महिला हुनुपर्ने सुझाव महिला उद्यम विकास उपसमिति संयोजक विन्दु कोइराला दिनुहुन्छ। ‘सँधै पुरुषले निर्णय गर्ने र हस्ताक्षर गर्ने भुमिकामामात्र महिलालाई प्रयोग गरिएको र अब महिलाको निर्णायक अधिकारलाई पनि विधानले समेट्नु पर्ने उहाँ बताउनुहुन्छ। संघ कि कार्य समिति सदस्य सिता गुरुङले २२ वर्ष पुरानो विधानले महिलामाथि न्याय गर्न नसकेको प्रतिक्रिया दिनुभयो।

संघमा कुल सदस्य संख्या २२ सय ६१ मध्ये २५७ जना महिला सदस्य छन्।

प्रकाशित मितिः २०७२ साउन २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: