न्यायाधीस हुन योग्य महिला छैनन्ः न्याय परिषद


शिफारिस गरिएका ६० जना जिल्ला न्यायाधीसमा एकजना महिला

प्रकाशित मिति :2015-08-07 15:47:13

सविता श्रेष्ठ
काठमाडाैं, साउन २२।  जिल्ला न्यायाधीसका लागि न्याय परिषदले सिफारिस गरेका ६० जनामा एकजनामात्रै महिला परेकी छन्। न्याय परिषदले रिक्त रहेका पदका  लागि बिहीवार ६० जना जिल्ला न्यायधीस नियुक्तिका लागि सिफारिस गरेको थियो।

६० जना मध्ये जिल्ला न्यायाधीसमा सिफारिस हुने कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयकी कानुन अधिकृत अवनी मैनाली (भट्टराई) हुनुहुन्छ । जिल्ला अदालतको न्यायधिश हुन योग्यता पुगेका नेपाल न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरू मध्येबाट नाम सिफारिस गरिएको न्याय परिषद्का सचिव कृष्ण गिरीले बताउनुभयो।

यो पदमा सिफारिस गर्न योग्य र पर्याप्त महिला जनशक्तिको अभाव भएकाले उनीहरू पर्न नसकेको गिरीको भनाइ छ। उहाँ भन्नुहुन्छ ‘स्रोत हुनुर्‍यो, ‘भएका आउन इच्छुक पनि हुनुपर्‍यो’।

न्याय परिषदले कार्य सम्पादन, वरिष्ठता, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, न्याय प्रतिको निष्ठा र योगदान, उच्च नैतिक चरित्रलगायतलाई आधार मानी पद पुर्तिका लागि व्यक्तिको नाम सिफारिस गरिएको जनाएको छ।

जिल्ला न्यायधिशमा नियुक्ति हुनुका लागि उप सचिव भएको ३ वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था रहेको गिरीले बताउनुभयो । न्यायाधिसका लागि नाम सिफारिस गर्दा महिलालाई पनि समावेश गर्नुपर्ने प्रावधान केही नभएपनि न्याय परिषद् समावेशिताको पक्षमा रहेको उहाँको दाबी छ।

प्रकाशित मितिः २०७२ साउन २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: