स्तनपान र काम, यसलाई सफल पाराैं


विश्व स्तनपान सप्ताह

प्रकाशित मिति :2015-08-07 16:22:35

कविता श्रेष्ठ
काठमाडौं, साउन २२। विश्व स्तनपान सप्ताह आजबाट सकिएको छ। यो वर्ष ‘स्तनपान र काम, यसलाई सफल पाराैं’ भन्ने मुल नाराका साथ विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ।

नेपालमा भने ६० प्रतिशत महिलाले मात्रै ६ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउने सुविधापाउने गरेको जनसांख्यिक सर्वेक्षण २०१३ ले देखाएको छ। दिउँसो काममा जाने आमाहरूका लागि बच्चालाई स्तनपान गराउन कठिनाइ हुने गरेको पनि सर्वेक्षणमा जनाइएको छ।

बच्चालाई ६ महिनासम्म आमाको दुधमात्रै नियमित खुवाउनुपर्ने डाक्टरको सल्लाह छ। बच्चा जन्मेको ६ महिनासम्म आमाको दुधमात्र खुवाइएका नानीहरू स्वस्थ, स्फुर्त र चलाख हुने बाल स्वास्थ्य महाशाखाका पोषण स्वास्थ्य प्रमुख गिरीराज सुवेदी बताउनुहुन्छ। सुत्केरीको बेला ६ महिना बिदा नपाउनाले पनि बच्चालाई स्तनपान गराउन महिलाहरूलाई कठिनाई भएको उहाँ बताउनुहुन्छ । सुत्केरी महिलाले ६ महिना बिदा पाउने व्यवस्था कानुन मै हुनुपर्ने उहाँको सुझाव छ।

नेपालमा शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या जम्मा ४५ प्रतिशतमात्रै रहेको जनसांख्यिक सर्वेक्षण २०१३ ले देखाएको छ। सर्वेक्षणमा नवजातशिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा ३३ जना रहेको उल्लेख छ । शिशु जन्मेको १ घण्टाभित्र स्तनपान सुरु गरी ६ महिनासम्म पर्याप्तमात्रामा स्तनपान गराउने वातावरण बनाउन सके शिशु मृत्युदर घटाउन सकिने सुबेदी बताउनुहुन्छ।

अगष्ट १ तारिखदेखि शुरु भएको विश्व स्तनपान सप्ताह आज सकिन लागेको हो। विश्व स्वास्थ्य संगठनको एक सर्भेले शिक्षाको तह बढदै जाँदा स्तनपानको गुणस्तर र स्तनपान गराउने आमाहरूको सङख्या भने घट्दै गएको देखाएको छ।

प्रकाशित मितिः २०७२ साउन २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: