क्षमता भए जोखिम कमः सम्पादक


प्रकाशित मिति :2015-08-07 17:16:27

निर्मला ठकुराठी
काठमाडौं, साउन २२। पत्रकार महिलालाई भईरहेको असुरक्षा र यसको कारण पत्ता लगाई त्यसैलाई प्राथमिकता दिएर निर्देशिका ल्याउन विभिन्न सञ्चार माध्यमका सम्पादकले सुझाव दिएका छन्। पत्रकार महिलाको सुरक्षाका लागि सञ्चारिका समूहले ल्याउन लागेको निर्देशिकाको मस्यौदामा सुझाव संकलन गर्न आज आयोजना गरिएको सम्पादकहरूसँगको छलफल कार्यक्रममा उनीहरूले यस्तो सुझाव दिएका हुन्।

Sefty

पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको सुरक्षा चूनौतीपूर्ण भएको भन्दै पत्रकार महिलाको भौतिक र पेशागत सुरक्षालाई सम्बोधन गर्न सक्ने निर्देशिका बनाउन सुझाव दिए। पत्रकार महिलाले आफ्नो योग्यता र क्षमता बढाउँदै लगे उनीहरूमाथिको भौतिक र पेसागत असुरक्षाको जोखिम न्यूनीकरण हुँदै जाने उनीहरूको भनाइ थियो।

पत्रकारिता पेशा सम्मानित पेशा भएको बताउँदै पत्रकारिता सबैका लागि चुनौतीपुर्ण भएको र पत्रकार महिलाले आफूलाइ कमजोर नदेखाई निर्धक्कसँग पेसामा अघि बढ्नुपर्र्ने बताए। समाचार के लेख्यो भन्दापनि कसरी लेख्यो भन्ने कुराले पत्रकारलाई जोखिम निम्त्याउने तर्फ सचेत हुन उनीहरूले सुझाएका छन्।

पत्रकार महिलाको सुरक्षाका लागि सम्बन्धित संघसंस्था, सरोकारवाला निकायसँगै मुख्यरुपमा सरकार जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ थियो। महिलालाई पत्रकारितामा आउन उत्साहित गर्ने खालले निर्देशिका बनाउन उनीहरूले सुझाब दिएका छन। उनीहरूले पत्रकार महिलाका मौलिक समस्यालाई ध्यान दिएर निर्देशिका बनाउनुपर्ने बताए।

Sef 2

पत्रकारका लागि सुरक्षित वातावरणको प्रत्याभूति गर्न राष्ट्रिय स्वामित्वको संयन्त्र स्थापना गर्ने, नागरिक समाज तथा समग्र नागरिकको सहयोगमा पत्रकारलाई सुरक्षित गर्न सुरक्षा निकाय र न्याय प्रणाली लगायत राज्यका निकायको क्षमता अभिवृद्धि गर्ने र आफ्नै सुरक्षाका लागि निरन्तर लागिरहन पत्रकारलाई सहयोग गर्ने उद्देश्यले यो निर्देशिका ल्याउन लागिएको समूहले जनाएको छ।

निर्देशिकामा भौतिक, व्यावसायीक र पेशागत सुरक्षामा चुनौती हुने अवस्था र पत्रकारको सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजना, विश्वमा र नेपालमा पत्रकार महिलाको सुरक्षा र भोग्नु परेको समस्या उदाहरणहरू तथा सुरक्षाका उपायहरू उल्लेख गरिएका छन।

साथै पत्रकार महिलाले अध्यययन बिदा , तालिममा अवसर, सुत्केरी बिदा, बिरामी बिदा, समयमा पारिश्रमिक, उचित जिम्मेवारीे, उचित पदीय हैसियत पाउनुपर्ने,सानै भएपनि हिंसा सहन नहुने र हिंसा भए तत्काल उजुरी गरिहाल्नु पर्नेलगायतका कुरा निर्देशिकाले समेटेको छ।

प्रकाशित मितिः २०७२ साउन २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: