सुजाता ढुंगाना
काठमाडौं,साउन २३ । मस्यौदा संविधानमा सुधार र केही परिमार्जन गर्नै पर्ने देखिएकाले त्यसलाई सुधार गर्नुपर्ने कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरी आचार्यले बताउनुभएको छ ।
संविधानको पहिलो मस्यौदामाथि छलफल भएकाले आएका सुझावलाई मुल्यांकन गर्दै सुधार गरेर लैजाने प्रतिबद्धता समेत मन्त्री आचार्यले व्यक्त गर्नुभयो । महिला सुरक्षा दबाबले प्रकाशन गरेको सामूहिक नागरिक आवाज नागरिकता विशेषांक २०७२ को विमोचन गर्न आयोजित कार्यक्रम बोल्दै मन्त्री आचार्यले सम्पुर्ण नागरिकबाट आएका सुझावलाई संविधानमा समेटन प्रयास गरिने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा नेता रामकुमारी झाँक्रीले छोरीले ज्वाँई ल्याएर राष्ट्रियतामा खतरा हुन्छ भन्ने नेताले सिडिओले पैसाका लागि नागरिकता बेच्ने कुरामा ध्यान दिन अनुरोध गर्नुभयो । छोरीमाथि भएको विभेद अन्त्यका लागि समानता कायम गर्ने खालको संविधान निर्माण हुनु पर्ने कुरामा जोड दिनु भयो ।
साहित्यकार तथा प्राध्यापक डाक्टर सुधा त्रिपाठिले संविधान मस्यौदामा नेताले आफ्नौ हैसियत खुस्कने डरले आमाको नामबाट नागरिकता दिन डराएको बताउनु भयो । आमाले चिनाएको मान्छे बाबु भएकाले आमाको नामबाट नागरिकताको व्यवस्था गर्न माग गर्नुभयो अधिवक्ता सबिन श्रेष्ठले नेपाल आमाका सन्तान नागरिक हुन्छन् भने नेपाली आमाका सन्तानलाई नागरिकताबाट बञ्चित नगर्न माग गर्नुभयो ।
पुस्तकका प्रधान सम्पादक तथा महिला सुरक्षा दबाब समूहका विजया केसीले नागरिकतालाई शान्ति र सुरक्षाका सवालमा आमाको नामबाट नागरिकता दिँदा खलल नपुग्ने कुरामा जोड दिनु भयो ।
Comment Here!