कहाँ हराउँछन् महिला ?


कैलालीमा ३ सय १० महिला अझै फेला परेनन्

प्रकाशित मिति :2015-08-09 12:19:12

खेमा बस्नेत

कैलाली, साउन  २४ । धनगढी नगरपालिका (२) की लक्ष्मीदेवी बोगटी घरबाट वेपत्ता भएको एकवर्ष पुग्यो । २५ वर्षीया बोगटीको तस्बिर जिल्ला प्रहरी कार्यालयको खोजी सूचीमा दोस्रो नम्बरमा छ । हराएको एक वर्षसम्म उनी कहाँ गइन् त्यसको सुइकोसम्म प्रहरीले पाउन सकेको छैन् ।आफन्तले बोगटी हराएको र खोजीकार्यमा सहयोगको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा फोटो सहित निवेदन दिएका थिए । तर प्रहरीले त्यसलाई खोजी सूचीमा राखेर चुप लाग्यो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ४ वर्षको अवधिमा बोगटी जस्ता ३ सय १० महिला हराएका छन् । उनीहरू घर, आफन्तको सम्पर्क बाहिर छन् । प्रहरीले उनीहरूको नाम वेपत्ता सूचीमा दर्ज गरेको छ । यी जस्तै जिल्ला प्रहरी कार्यालयको हराएको सूचीमा भित्र रहेको  महिला सेलका अनुसार आर्थिक वर्ष २०६८/०६९ देखि २०७१/०७२ सम्म ४ वर्षको अवधिमा ३ सय ९३ महिला हराएका छन् । ती मध्ये ८३ जना महिला फेला परेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७१/०७२ मा १ सय २४ महिला हराएको निवेदन परेको थियो ।

जसमध्ये ३७ जना महिला मात्रै फेला परे । सोही वर्ष ४० जना बालिका हराएकोमा १९ जना मात्रै फेला परेको प्रहरीले बताएको छ । त्यसैगरी यसै वर्षमा कैलालीबाट ४७ जना बालक हराएका थिए । ती मध्ये २० जनामात्र फेला परेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७०/०७१ मा १ सय १८ जना महिला हराएकोमा ९४ जना मात्र फेला परेका छन् । सोही आ.व.मा हराएका बालिका मध्ये १२ र बालक ३ जनामात्र परिवारको सम्पर्कमा आए । सो आर्थिक वर्षमा २८ बालिका,२५ बालक हराएका थिए ।

त्यसैगरी २०६९/०७० मा जिल्ला प्रहरी समक्ष १सय ३ महिला हराएको निवेदन प-यो । यी मध्ये ८४ जना महिला अझै वेपत्ता छन् । भने २२ जना बालक र ३४ जना बालिका वेपत्ता छन् । महिला सेलको तथ्याङ्क अनुसार यस वर्षमा ३० निवेदन बालक हराएको र ४३ निवेदन बालिका हराएको प्रहरीमा परेको थियो ।

आर्थिक वर्ष २०६८/६९ मा हराएका ४५ महिला समेत अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०६८/६९ मा ४८ जना महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय कैलाली परेको थियो ।

हराएको ४ वर्ष वितिसक्दा पनि प्रहरीले उनीहरूलाई वेपत्ता सूचीमा राख्नुबाहेक खोजविनको काम अघि बढाएको छैन। आर्थिक वर्ष २०६८/६९ मा बालक २६ जना र २१ जना बालिका हराएका थिए । यी मध्ये धेरै फेला परेका छैनन् ।

कैलालीबाट लामो समयदेखि महिला तथा बालबालिका हराउने क्रम बढेपनि प्रहरी भने नियन्त्रण र खोजविनमा असफल जस्तै देखिएको छ । धेरैजसो मानिसहरू कहाँ कुन अवस्थामा छन् भन्ने अनुमान समेत प्रहरीले लगाउन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक कमला भट्टले हराएका महिला तथा बालबालिकाको प्रहरीले खोजतलास गर्दा पनि फेला नपरेको बताईन् ।

फेला पर्ने वा परिवारको सम्पर्कमा आउने मानिसहरूमा घरपरिवारलाई जानकारी नगराईकन आफन्त तथा साथीभाईसँग घुम्न गएका र भेटघाट गर्न गएकाहरू मात्रै छन् । ती बाहेक कोही पनि सम्पर्कमा नआएको प्रहरी निरीक्षक भट्टले बताइन् ।

प्रहरी निरीक्षक भट्टले हराउँदा निवेदन दिने तर सम्पर्कमा आइसकेपछि वा फेला परेपछि प्रहरीलाई खबर नगर्ने कारणले पनि प्रहरीको तथ्याङ्कमा हराउनेको सूची लामो भएको बताइन् ।‘मानिस हराएमा प्रहरीकहाँ निवेदन दिन आउँछन्’ निरीक्षक भट्टले भनिन् ‘फेला परे वा नपरेको भन्नेबारे पछि खबर नै गर्दैनन्, यसले पनि तथ्याङ्कलाई प्रभावित गर्ने गरेको छ ।’उनले हराएका मानिस परिवारको सम्पर्कमा आएमा प्रहरीलाई समेत जानकारी दिन आग्रह गरिन् ।

प्रकाशित मिति २०७२ साउन २४ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: