सुदूरपश्चिममा पत्रकार महिला न्यून


प्रकाशित मिति :2015-08-09 13:27:17

निर्मला ठकुराठी

काठमाडौं, साउन २४ । सुदूरपश्चिम क्षेत्रका सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारको संख्या न्यून रहेको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले सुदूरपश्चिमका सञ्चारमाध्यममा गरिएको अध्ययनले यस्तो देखाएको हो । रिसर्च नेपालको अध्ययन प्रतिवेदनमा सुदूरपश्चिमका रेडियो र पत्रपत्रिकामा १ हजार २ सय ४१ जना कार्यरत रहेको उल्लेख गरिएको छ । जसमध्ये ६ सय ५० जना पत्रकार र ५ सय ९१ जना कर्मचारी रहेका छन् ।

६ सय ५० जना पत्रकारमध्ये ४ सय ७७ जना पूर्णकालिन रहेको प्रतिवेदनमा उल्लेख छ । सुदूरपश्चिममा पाँच सय ७ पुरुष र एक सय ४५ पत्रकार महिला रहेको अध्ययनले देखाएको छ । त्यस्तै १ सय २७ जना जनशक्ति रहेको केवुलमा २ जना मात्रै पत्रकार कार्यरत रहेका छन् । योग्यताका आधारमा सुदूरपश्चिमका ४६ प्रतिशत पत्रकारले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र ३६ प्रतिशतले स्नातक तह उत्तीर्ण गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मिडियामा आउन चाहाने महिला धेरै भएपनि नियमित काम गर्न नसक्नु, विवाह गरेर अन्यत्रै जानु, पारिश्रमिक नपाउनु लगायतका कारणले महिला पत्रकारको संख्यामा कमी आएको प्रतिवेदनमा उल्लेख छ । सेन्टर फर मिडिया रिसर्च नेपालले २०७१ मंसिरदेखि चैतसम्म अध्ययन गरिएको थियो ।

प्रकाशित मिति २०७२ साउन २४ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: