शान्ति दिदीको अटो रिक्सा


प्रकाशित मिति :2015-08-09 13:43:12

देवदह नगरपालिका रुपन्देहीमा शान्तिदेवी बस्याल जस्ता अरु दिदी बहिनी पनि छन् जसले ब्याट्रीबाट कुद्ने रिक्सा चलाएर मनग्गे कमाइ गरिरहेका छन्। शान्ति भन्छिन, ‘तीन जनाको परिवार खर्च जुटेको छ। बच्चा पढाउँदै अलिअलि बचत पनि हुँदैछ।’

लक्ष्मण पोखरेल

हेलो शान्ति दिदी बोल्नुभयो?

हो, म बोल्दै छु।

सित्तलनगर चोकमा आउनुस् न। अलिकति समान लैजान पर्‍यो।

एकछिन लाग्छ है, म आइहाले‌ं।

rikshow

बुटवलमा तीन पाङ्ग्रे रिक्सा चलाउँदै आएकी शान्तीदेवी बस्यालको दिन यसरी बित्ने गर्दछ। वातावरणमैत्री रिक्सा चलाउने शान्तीले घर—घरमा दिने यो सुविधाले हिजोआज कहिँ जान–आउन, सामान ल्याउन–लैजान धेरैलाई सजिलो भएको छ।

देवदह नगरपालिका परिसरमा ना १ स १०७६ नम्बरको वातावरणमैत्री लेखिएको तीन पाङ्ग्रे रिक्साको यात्रु सिटमा आड लिएर बसेकी शान्ति जुरुक्क उठिन। अगाडी चालक सिटमा बसेर चाबी खोल्दै रिक्सा स्टार्ट गरिन्। आवाज नआउने भएर धेरैलाई रिक्सा स्टार्ट भएको थाहा नहुँदो रहेछ। स्टार्ट भएको रिक्सालाई ब्याक गियर लगाएर केही पछाडि गुडाएर फनक्क मोडेर आफनो बाटो लागिन्।

यात्रुको फोन आएकाले सित्तलनगर जान लागेकी शान्तीले बाटोमा कराँउदै ‘सित्तलनगर जाने कोही छ’ भन्दै चर्को स्वरमा कराइन्। कसैले संकेत नगरेपछि कच्चीबाटो हुँदै उनी सित्तलनगर चोकतिर लागिन्।

बिजुलीले चार्ज गरेको ब्याट्रीबाट चल्छ अटो रिक्सा चल्छ। धुवाँ नफाल्ने भएकाले रिक्सालाई वातावरणमैत्री नाम दिइएको छ। रुपन्देहीमा अटो रिक्सा चलाउने परिचयपत्र लिने उनी पहिलो महिला हुन्। नारायणी अञ्चलमा दर्ता भएको रिक्सा उनले देवदहमा चलाउन थालिन्। दैनिक १३ सय रुपैयाँ आम्दानी गर्ने शान्ती अर्काकोमा जागिर गर्नु भन्दा रिक्सा चलाउँदा धेरै फाईदा हुने बताउँछिन्। शान्ति देवदह नगरपालिका– ३, टटेरमा बस्छिन्। तीन जनाको परिवार चलाउनका राम्रै खर्च जुटेको छ। अटोको कमाइले बच्चा पढाउँदै छन् अलिअलि बचत पनि हुँदै छ।

देवदहका सडकहरू कच्ची हुँदा रिक्सा चलाउन कठिन छ। दिनमा एक पटक ब्याट्री चार्ज गरेपछि ८० किलोमिटर रिक्सा गुड्छ। कच्ची बाटोमा अलि कम चल्छ भन्ने लागेको छ शान्तीलाई। बिहान चार्ज गरेपछि दिनभर चल्छ। आफ्नै रिक्सा आफै चालक हुँदा फाइदा हुन्छ। शान्तिले दुई लाख ७५ हजारमा इरिक्सा किनेकी हुन। रिक्सा किन्दा सहकारीबाट लिएको एक लाख २५ हजार ऋण छिटै तिरिसक्ने योजनामा छन्।
देवदहमा अहिले १६ वटा अटो इरिक्सा चल्छन्। ती मध्ये ७ जना महिला चालक छन्। यी मध्ये तीन जनाले आफैले लगानी गरेर रिक्सा चलाउन शुरु गरेका हुन्। अर्की अटो रिक्सा चालक गीता चापागाईको अवस्था शान्तिको जस्तै छ। कसैलाई रिक्सा चाहियो भने फोन गरेरै बोलाउने भएकाले अहिले मोबाइल र रिक्साको ब्याट्री सँधै चार्ज गर्नु पर्छ गीतालाई।

mail.google.com

गीताले चलाउने रिक्सा लुम्बिनी इरिक्सा व्यवसायी संघको हो। संघको रिक्सा चलाउने गीताको मासिक तलव १० हजार छ। समितिले नास्ता खाने पैसा पनि दिन्छ। दैनिक एक हजारभन्दा बढी आम्दानी गर्दा ५० रुपैयाँ बोनस पनि मिल्छ। ५० रुपैयाँ बोनस त धेरै पटक पाए। उनले हाँस्दै भनिन ‘७५ रुपैयाँ बोनस कहिलेकाही हुन्छ।’ दैनिक कमाई पन्ध्र सय पुग्यो भने ७५ रुपैयाँ र २ हजार नाघ्यो भने सय रुपैयाँ बोनस दिने व्यवस्था समितिले गरेको छ।

देवदह–७ कि गोमा पुन आफ्नै रिक्सा कुदाउँछिन्। आफ्नै व्यवसाय चलाउन पाएकोमा उनी सन्तुष्ट छन्। ‘आफ्नो कमाई भनेको आफ्नै हो’, उनले भनिन् ‘धेरै भए पनि ठीक थोरै भए पनि घाटा लाग्दैन्।’ लुम्बिनी इरिक्सा संघले देवदहमै इरिक्सा चलाउने तालिम सञ्चालन गरेको थियो। बाटोमा हिँड्दा धुलो नउडाउने, धुवाँ पनि नफाल्ने भएकाले उनलाई इरिक्सा चलाउन राम्रो लाग्छ। उनी भन्छिन्, ‘गाडी कुदाउँदा धुलोले घर ढपक्कै ढाकिन्छ, त्यस्तो गाडीभन्दा यही (इरिक्सा) ठिक, सस्तो पनि सजिलो पनि।’

वातावरणमैत्री लेखिएको आवाज नआउने रिक्सा लिएर हिड्दा बाटो हिड्नेहरू उभिएर हेर्छन्। त्यस्तो बेला झनै कुदाउँने हिम्मत आउँछ गोमालाई। तर जति नै कुदाएपनि एक घण्टामा २० किलोमिटरभन्दा धेरै कुदाउन सकिँदैन् यो रिक्सा।

महिनामा कम्तिमा ३० हजार आम्दानी गर्ने भूमिका रानाको पनि आफ्नै रिक्सा छ। मोवाईलमा घण्टी बज्यो की उनी चालक सिटमा सर्तक भएर बस्छिन्। कोही आफन्तको फोन आँउदा पनि भुमिकालाई यात्रुकै फोन आयो की भन्ने लाग्छ। यात्रुले जहाँ बोलायो त्यही पुग्छिन् उनी। बजार जान वा बजारबाट सामान घर ल्याउन, धान कुटाउन, मल बोक्न यस्ता धेरै काममा अटो रिक्सा खोज्छन मानिसहरु। त्यसैले अटो रिक्सा चालकलाई भ्याइनभ्याइ हुन्छ।

देवदहकै सीता सुनार, सोनु रिजाल, मीना श्रेष्ठ समितिको रिक्सा चलाएर तलव लिन्छन्। मौसमी खेती किसानी बाहेक अरु बेला घरमा खाली बस्नुपर्ने महिलालाई इरिक्साले कामसँगै दाम पनि दिएको छ। एक किलोमिटरको १५ रुपैयाँ भाडा लिन्छन् उनीहरु। रुपन्देहीको देवदहमा तीन महिनादेखि इरिक्सा सञ्चालनमा आएको छ। सरकारले परिचयपत्र वितरण गर्ने भने पनि लुम्बिनी अञ्चल यातायात कार्यालयले वास्ता नगरेको उनीहरुको गुनासो छ। बिभागले ‘सि’ नम्बरको लाइसेन्स दिने भन्ने निर्णय गरेको झण्डै ६ महिना हुन थाल्यो। लाइसेन्सको ‘सि’ नम्बरमा इरिक्सा उल्लेख गरिएको छ। लुम्बिनी अञ्चलमा इरिक्सा दर्ता नभएपछि उनीहरूले नारायणी अञ्चलमा दर्ता भएका रिक्सा चलाईरहेका छन्।

लुम्बिनी इरिक्सा व्यवसायी संघका सचिव प्रेम थापा सरकारले इरिक्सा चलाउनेलाई लाइसेन्स दियो भने धेरै बेरोजगारले रोजगार पाउने बताउँछन्। संघले तीन सय रिक्सा रुपन्देही जिल्लाका नगरपालिकाहरुमा चलाउने योजना बनाएको छ। ‘लाइसेन्स वितरण गर्न थाल्यो भने घरमा बस्ने धेरै महिला रिक्सा चलाउन तयार हुन्छन्’ संघका सचिव थापा भन्छन्, ‘वातावरणमैत्री इरिक्सा चलाउन र बेरोजगारलाई रोजगारी दिनका लागि सरकारले पनि चासो दिनुपर्छ।’ देवदहमा भएको तालिममा परिचयपत्र लिएका महिलाले ‘रुट’ नभएका कारण रिक्सा चलाउन नपाएको थापाले बताए।

एउटा इरिक्सालाई अहिले सवा तीन लाख रुपैयाँ पर्छ। रिक्सा चलाउनका लागि संघले शुरु गरेको तालिममा सहभागी भएका बाह्र जना महिलाले रिक्सा चालक अनुमतिपत्र लिएका छन्। पाँच जनासम्म यात्रु लिएर हिँड्न मिल्ने यो सवारी साधन चलाउँन सहज भएकाले धेरैको आर्कषण छ।

(लक्ष्मण पोखरेल बुटवलको दैनिकपत्र दैनिकका प्रमुख संवाददाता हुन्)

प्रकाशित मितिः २०७२ साउन २४ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: