फरार अभियुक्त पक्राउ


प्रकाशित मिति :2015-08-09 14:59:47

महिला खबर

पोखरा, साउन २४। बलात्कारको मुद्दामा फरार रहेका लमजुङ्ग पसगाउँ घर भई हाल पोखरा १ बगर बस्ने २५ वर्षीय जीवन गुरुङ्गलाई कास्की प्रहरीले पक्राउ गरेको छ। अभियुक्त गुरुङलाई विशेष सुराकीको आधारमा रुपन्देही जिल्ला देवदहस्थित खैरेनीबाट पक्राउ गरिएको प्रहरीले जनाइको छ।

गुरुङले पोखरा की १४ वर्षीया बालिकालाई साउन ६ गते साँझ आठ बजे बलात्कार गरेको भन्दै परिवारले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बालिकालाई पटकपटक बलात्कार गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला अदालत कास्कीबाट जबर्जस्ती करणी मुद्दामा म्यादथप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता केदार रजौरेले जानकारी दिनुभयो।

प्रकाशित मितिः २०७२ साउन २४ अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: