श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ


१४ महिने छोरीको जिवितै उद्दार

प्रकाशित मिति :2015-08-09 16:59:45

सञ्जिला तामाङ

bacchaरामेछाप, साउन २४ । श्रीमतीको हत्या गरेको आरोपमा मन्थली नगरपालिका ४ का रमेश विकलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । सुकाजोर खोला नजिकै जंगलमा हत्या गरेको अवस्थामा उनकी श्रीमती २९ वर्षीया इन्द्रा खत्री विकको शनिबार दिउँसो शव फेला परेको थियो । उनकी १४ महिनाकी छोरी रोजिना विकको भने जिवितै उद्दार गरिएको छ । आरोपी नेपाली सेनामा कार्यरत हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार दिउँसो वस्तु चराउन गएका गोठालाले जंगलमा बच्चा रोएको सुनेपछि हेर्न जाँदा बालिकालाई जिवितै फेला पारी प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले जंगलमा बालिका रहेको स्थानभन्दा १५ मिटरमाथि महिलाको शव फेला पारेको थियो । उनको अनुहार र टाउकोमा ढुङ्गाले हिर्काएका चोट छन् भने घाँटीमा सल बाँधिएको थियो । शव बाटो छेउमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  बालिकाको दाहिने आँखा माथि हिर्काएको निलडाम छ । चोटको कारण उनको आँखामा रगत जमेको छ । बालिकाको उपचार मन्थली स्थित तामाकोसी सहकारी अस्पतालमा भइरहेको छ ।

सुर्खेतको छिन्चुबाट श्रीमान भेट्न साउन २० गते रामेछाप आएकी ती महिला सो रात मन्थलीको भैसेसुरस्थित खड्क कुमारी श्रेष्ठको होटलमा बास बसेकी थिइन् । रामेछापमा रहेका पतिलाई भेट्न भनि उनी २१ गते विहान होटलबाट रामेछाप बजार पुगेकी थिइन् । २२ गते दिउँसो पुनः होटलमा फर्किएकी इन्द्रा अपरान्ह ४ बजेतिर पतिले फोन गरेर बोलाएको भन्दै होटलबाट निस्किएको होटल मालिक खड्ग कुमारी श्रेष्ठले बताइन् ।

‘छोरीलाई खाजा खुवाएर श्रीमानको फोन आयो भनि निस्किएकी थिइन् । श्रीमानको सरुवा छिन्चु तिरै मिल्ने भयो । सामान लिएर आउनुभनेका छन् । म गएँ भनेर निस्किएकी थिईन् । ऐले त लाश पो भेटिएछ । यो के अचम्म”– उनले भनिन् ।

मृतकको शव प्रहरीले शनिबार अपरान्ह मन्थली ल्याएको छ । माइतीपक्ष आईपुगेपछि उनको पोष्टमार्टम हुने प्रहरीले जनाएको छ । सुर्खेतको छिन्चु १ सुर्खेत माइती भएकी इन्द्राले रामेछापको रामेछाप नगरपालिका ४ डुम्रिबोटका २६ वर्षीय रमेश कामीसँग २०७० असार १३ गते विवाह गरेकी थिइन् । नेपाली सेनामा कार्यरत उनले सुर्खेतमा जागिरमा गएको बेला विवाह गरेको खुलेको छ । परिवारका सदस्यहरूलाई जानकारी नदिई उनले खत्रीसँग दोस्रो बिबाह गरेका थिए । प्रहरीको हिरासतमा रहेका रमेशले हत्या आफैले गरेको स्विकारको प्रहरीले जनाएको । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७२ साउन २४ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: