महिला खबर
काठमाडौं,साउन २४ । आदिवासी जनजाति राष्ट्रि«य पत्रकारिता पुरस्कार २०७२ (आईभिए अवार्ड) बाट सात जना सक्रिय आदिवासी पत्रकार पुरस्कृत भएका छन् । आईभिए अवार्डबाट रेडियो, छापा र टेलिभिजन विधाका पत्रकारहरूलाई सम्मान गरिएको हो ।
पुरस्कृत हुनेमा रेडियो जागरण रुपन्देहीकी कमला चौधरी, ईलाम एफ एमका सन्तोष नेम्वाङ लाला गुरुङ, टेलिभिजनबाट सगरमाथाका रोजिना लामा तथा एबीसीका लोक बहादुर गुरुङ/ लाला गुरुङ छन् भने छापातर्फ हिमाल खबर पत्रिकाका देविका घर्तीमगर र सन्ध्या टाईम्सका सुरेशकिरण मानन्धर रहेका छन् ।
पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ । पुरस्कृत हुने पत्रकार लाला गुरुङले भने आफूले पुरस्कारमा पाएको १५ हजार रुपैयाँ भूकम्प पीडित सुत्केरी महिलालाई दिने घोषणा गर्नुभएको छ ।
प्रकाशित मिति २०७२ साउन २४ गते आइतवार
Comment Here!