महिला खबर
पोखरा, साउन २५। धामीझाँक्री एवं माताले कुनैपनि धर्मशास्त्रमा बोक्सी भन्ने नभएको भन्दै यस्तो कुप्रथाविरुद्ध आवाज उठाउने वचन दिएका छन्। मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा धामीझाँक्री र माताहरूले समाजलाई सभ्य र सुसंस्कृत युक्त बनाउनु आफ्नो पनि कर्तब्य भएको वताए।
कार्यक्रममा बोल्दै धामी प्रज्वल भित्रीकोटीले कुनैपनि धर्मशास्त्रमा नभएको कुरा बोक्सी भनी माना पाथी चामल, कालो बोको, रातो भाले खाने काम अब उप्रान्त आफूहरूबाट नहुने वचन दिनुभयो । भित्रीकोटीले काम गर्ने क्रममा त्रुटि गरे कडा कारवाहीको भागीदार बन्न आफू तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
कास्की पाउँदुरकी माता जमुना लामिछानेले कु–प्रथालाई प्रश्रय दिने अधिकार आफुहरूसँग नभएको स्पष्ट पार्दै यसविरुद्ध अभियान प्रति ऐक्यबद्धता जनाउनुभयो।
त्यसैगरी हेमजा, नहरचोककी माता शसी नेपालीले कथित बोक्सीविरुद्धको अभियानमा आफूले साथ दिने र अवदेखि कसैलाई पनि बोक्सी नभन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सह–क्षेत्रीय प्रशासक दिवाकर बास्तोलाले निमुखा महिला माथि बोक्सी आरोप लाग्ने गरेको बताउनुभयो।
‘बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिनु अत्यन्तै निन्दनीय कार्य हो, यो समाजविरुद्धको अपराध हो ‘ सह प्रशासक बास्तोलाको भनाई थियो।
बास्तोलाले कथित बोक्सी हुँदैनन् भनी बोक्सीबोक्सा मुक्त क्षेत्र घोषणा गर्न सके, नेपालबाट बोक्सी प्रथाको अन्त्य गर्न सकिने समेत बताउनुभयो ।
कास्कीकी बाल संरक्षण अधिकृत बिन्दु भण्डारीले मनैदेखि बोक्सी हुँदैनन् भन्दै त्यसको भय त्याग्न सहभागीलाइ आग्रह गर्नुभयो।…व्यवहार र कानुनबीच तालमेल मिलाउन सके नेपालबाट चाडै नै बोक्सी प्रथा अन्त्य गर्न सकिने’उहाँको भनाई थियो। सो अवसरमा बोक्सी सम्बन्धी कसूर र सजाय ऐन २०७१ का बारेमा समेत छलफल गरिएको थियो।
प्रकाशित मितिः २०७२ साउन २५ गते साेमवार
Comment Here!