महिला खबर
ललितपुर, साउन २५। संविधानमा वैवाहिक अङ्गीकृत नागरिकतामा विदेशी नागरिकलाई समान व्यवस्था गरिएको छ। आईतवार साँझ बसेको राजनीतिक सहमति तथा विवाद समाधान समितिको बैठकले यो प्रावधानलाई समान बनाएको हो। यसअघि शनिवार राती बसेका शीर्ष नेताहरूको वैठकले नागरिकतामा नेपाली महिलाले विवाह गरेको विदेशी पुरुषले १५ वर्षपछि वैवाहिक अङ्गीकृत नागरिकता पाउने व्यवस्था नै हटाएको थियो ।
यो हेर्नुस
आमाका नामबाट नागरिकता, एक हातले दिने र अर्कोले खोस्ने काम भयो : सञ्जाल
शनिवार मध्यरासम्म बसेको शिर्ष नेताको बैठकले नागरिकता सम्बन्धी व्यवस्थाको १२ (१) मा नेपाली नागिरकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानुन बमाेजिम अङ्गीकृत नागिरकता लिन सक्ने व्यवस्था गरेका थिए।
यसविरुद्ध राजनीतिक दलमा आवद्ध महिला र अधिकारकर्मीहरुले आईतवार दिउसभरी चर्को विरोध गरेपछि साँझ बसेको बैठकले नेपाली नागरिकसँग विहे गरेर आउने महिला र पुरुषबीचको विभेद हटाउने निर्णय गरेको हो। एमाओवादी नेता नारायण काजी श्रेष्ठले शीर्ष नेताहरूको वैठकमा विहे गरेर आउने महिला र पुरुषलाई दिइने अंगीकृत नागरिकतासम्बन्धि व्यवस्थालाई समान बनाउन प्रस्ताव गर्नुभएको थियो ।
प्रकाशित मितिः २०७२ साउन २५ गते साेमवार
Comment Here!