काभ्रे, साउन २५ । भूकम्पका कारण काभ्रेका महिलामा मनोसामाजिक समस्या देखिएको छ । भूकम्पका कारण टोलाउने, एक्लै बस्ने, झस्किरहने र खाना खान मन नलाग्ने मनोसामाजिक समस्या महिलामा देखिएको हो । काभ्रेको पाँचखालमा आईतबार आयोजना गरिएको शिविरको मनोविमर्स कार्यक्रममा ३२ वर्ष माथिका अधिकांश महिलामा त्यस्तो समस्या देखिएको तामाङ महिला घेदुङकी अध्यक्ष मायालु तामाङले जानकारी दिनुभयो ।
अनुसार सो कार्यक्रममा आएकामध्ये केही पुरुषमा समेत त्यस्तो समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष तामाङले भूकम्पपछि पनि पर्नसक्ने सम्भावित जोखिमका बारेमा समेत पीडितलाई जानकारी गराइएको बताउनुभयो । कार्यक्रममा भूकम्पपछि अपनाउनुपर्ने सचेतना, कानुनी परामर्शलगायत स्थानान्तरण हुँदा पर्नसक्ने सम्भावित जोखिमका बारेमा पनि जानकारी गराइएको थियो ।
पाँचखालमा भएको सो कार्यक्रममा देवभूमि बालुवा, अनेकोटलगायतका स्थानबाट १३५ जना सहभागी भएका थिए । अध्यक्ष तामाङले पुनः जिल्लाको महादेवस्थान, पोखरीनारायणस्थान र कासीखण्ड नगरपालिकामा समेत शिविर स्थापना गरी भूकम्पपछि आउन सक्ने सम्भावित जोखिमका बारेमा जानकारी दिइने बताउनुभयो ।
प्रकाशित मितिः २०७२ साउन २५ गते साेमवार
Comment Here!