खेमा बस्नेत
धनगढी,साउन २६। कैलालीमा उद्यमशील महिलाको संख्या बढेको छ ।सम्पत्ति र स्रोतमाथिमा पहुँच बढाउन र आत्मनिर्भर बन्न महिला उद्योग व्यवसायी बन्न थालेका हुन।दुई वर्ष यतामात्रै कैलालीमा २ सय २४ महिला उद्योग व्यवसायी बनेका छन्। जिल्ला स्थित साना तथा घरेलु उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा १ सय ३८ महिलले व्यवसाय गर्न उद्योग दर्ता गरेका छन्। आर्थिक वर्ष २०७०/७१ मा भने ८६ जना महिलाले आफ्नो नाममा उद्योग दर्ता छन्।
महिलाको तुलनामा उद्योग दर्ता गर्ने पुरुष बढी छन्। आर्थिक वर्ष २०७१/०७२ मा ५ सय ६३ जना पुरुषले उद्योग दर्ता गराएको घरेलु तथा साना उद्योग कार्यालय कैलालीका नायब सुब्बा सुजन कुमार श्रेष्ठले जानकार दिनुभयो। त्यसैगरी आर्थिक वर्ष २०७०/७१ मा ४ सय ४१ जनाले उद्योग दर्ता गराएका थिए।
महिला होजियारी, सिलाईकटाई, व्युटीपार्लर व्यवसायमा उद्योग दर्ता गराएको उहाँले बताउनुभयो।’तथ्याङकले महिलाहरू व्यवसायतिर आकर्षित हुन थालेको देखाउँछ’ नासु श्रेष्ठले भन्नुभयो ‘सिलाईकटाई, कस्मेटिक, होजियारीजन्य उद्योगहरू महिलाका नाममा बढी दर्ता भएका छन्।’
साना तथा घरेलु उद्योेगको तथ्याङक अनुसार आर्थिक वर्ष २०७१/०७ मा ५ हजार ३ सय सात जनाले यी उद्योगवाट स्वरोजगार हुने मौका पाएका छन्। यी मध्ये १ हजार ७० जना महिला छन्। आर्थिक वर्ष २०७०/७१ मा ४ सय १५ जनाले रोजगार पाएका थिए। जसमा महिला ९९ जना रहेका छन्।
गत आर्थिक वर्ष २०७१/७२ मा ६ सय ३६ उद्योग दर्ता भएका छन्। उत्पादनमुलक तर्फ २३४, कृषिमा १९७, पर्यटनमा १७ र सेवामा १८८ रहेका छन् भने ५७६ नीजि, ४० साझेदारी र २० वटा प्रा.लि.रहेको नासु श्रेष्ठले जानकारी दिनुभयो।
त्यस्तै,आर्थिक वर्ष २०७०/७१ मा ४ सय ९१ उद्योग दर्ता भएका छन्। उत्पादनमा १ सय ६८ कृषिमा ९१ पर्यटनमा ३९ सेवामा १९३ रहेको छ। दर्ता हुनेमा उत्पादनमूलक, सेवामूलक, कृषि र पर्यटन उद्योग बढी रहेका छन्। श्रेष्ठका अनुसार दर्ता भएका मध्ये अधिकांश उद्योग सञ्चालनमा छन्।
प्रकाशित मितिः २०७२ साउन २६ गते मङ्गलवार
Comment Here!