दिए जस्तो गरी अधिकार खोसेको भन्दै अधिकारकर्मीको आपत्ती


नागरिकतासम्बन्धी केही प्रावधान खारेजीको माग

प्रकाशित मिति :2015-08-11 16:00:43

महिला खबर

ललितपुर,साउन २६। पछिल्लो पटक नागरिकतामा भएको व्यवस्था विभेदपूर्ण भएको भन्दै अधिकारकर्मीहरूले यसका केही बुदँा खारेजीको माग गरेका छन्। उनीहरूले नागरिकता सम्बन्धि व्यवस्थाको धारा ११ (२) (ख) र धारा ११ (४) अनि धारा १२ (२) को खारेजीको माग गरेका हुन् ।

महिलामैत्री संविधानकालागि साझा अभियानले मङ्गलबार ललितपुरमा गरेको पत्रकार सम्मेलनमा उनीहरूलेे नागरिकतासँग स्ाम्बन्धित प्रावधान बाझिएको भन्दै मस्यौदा खारेज गर्न माग गरेका हुन्।

धारा ११ को (२) ख मा ‘कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको वावु वा आमा नेपाली नागरिक रहेछ त्यस्तो व्यक्ति वंशजका आधारमा नेपाली नागरिक ठहर्ने छ’ भन्ने व्यवस्था छ भने ११ (४) मा ‘कुनै व्यक्तिको नेपालमा जन्म हुँदाका बखत निजको आमा वा वावुमध्ये एक नेपाली नागरिक रहेकोमा नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र वावु दुबै नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्नेछ’ भनिएको छ, जुन एकअर्कामा बाझिएकाले यी बुँदा खारेज गर्नुपर्ने उनीहरूको तर्क छ।

यसैगरि अङ्गिकृत नागरिकताको हकमा धारा १२(२) को प्रावधानले धारा ११(२) (ख) लाई सिमित गरेको हुनाले यो बुँदा पनि खारेज गर्न उनीहरूले माग गरेका छन्। धारा १२(२) मा ‘यस भागमा अन्यत्र जे सुकै लेखिएको भएतापनि विदेश नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी वसोवास गरेको र वावुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले प्रचलित कानुनबमोजिम नेपालको अङ्गिकृत नागरिता पाउनेछ’ उल्लेख छ।

news pic

पत्रकार सम्मेलनमा बोल्दै अधिकारकर्मी दुर्गा सोबले परिमार्जित मस्यौदामा सच्चिएर आएका केही विषयको स्वागत गर्दै आधा भन्दा बढी हिस्सा ओगट्ने महिलाको पहिचान र परिणाममुखी सहभागिताको सुनिश्चितता संविधान मै हुनुपर्ने बताउनुभयो।

अधिवक्ता सुबिन मुल्मीले अहिलेको परिमार्जित मस्यौदामा नागरिकता सम्बन्धि प्रावधान अझैपनि विभेदकारी भएकाले त्यसलाई सच्याउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा अधिकारकर्मी राधा पौडेलले आन्दोलन महिलाकोमात्र नभई साझा भएकाले सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो। महिला सुरक्षा दबाब समूहकी विजया केसीले अहिलेको परिमार्जित मस्यौदा अधिकारकर्मीलाई समेत झुक्याउने किसिमले ल्याएको भन्दै यसलाई सच्याउन माग गर्नुभयो।

अधिकारकर्मीहरूले संविधानमा महिलाका विषयमा विभेद गरिएका व्यवस्थाहरू नसच्चिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रकाशित मितिः २०७२ साउन २६ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: