आय आर्जनका लागि बाख्रा र कुखुरापालन सम्बन्धी तालिम


प्रकाशित मिति :2015-08-12 11:42:58

महिला खबर
लमजुङ, साउन २७। महिलालाई आयआर्जनमा अग्रसर गराउन र आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले तिन दिने बाख्रापालन र कुखुरापालन तालिम दिइएको छ।

लक्ष्मीनारायण सामुदायिक अध्ययन केन्द्रको आयोजनामा भएको तालिममा जिल्ला पशु सेवा विकास कार्यालय वरिष्ठ पशु विकास अधिकृत डाक्टर दिर्घनाथ ढुंगानाले प्रशिक्षण दिनुभएको थियो। उहाँले बाख्रा र कुखुराको जात, लाग्ने रोग, खोर व्यवस्थापन, सरसफाई जस्ता विषयमा जानकारी दिनुभएको थियो।

तालिममा सहभागीले आफूहरूले यस भन्दा अघि यस्ता तालिम नलिएको र यो तालिममा सहभागी हुन पाउँदा खुशी लागेको बताएका छन्। तालिममा सिके अनुसार व्यवहारमा लागु गर्ने र व्यवसायमा लाग्ने समेत बताएका छन्। तालिममा बेशीसहर नगरपालिकाका १८ जना महिलाहरूको सहभागिता रहेको लक्ष्मीनारायण सामुदायिक अध्ययन केन्द्रका कर्मचारी कान्ता घिमिरेले बताउनुभयो।

प्रकाशन मितिः २०७२ साउन २७ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: