स्वास्थ्यकर्मीबाटै बालिका बलात्कृत


प्रकाशित मिति :2015-08-12 12:07:09

महिला खबर

नेपालगन्ज, साउन २७। बाँकेको नौवस्तास्थित स्वास्थ्यचौकीमा कार्यरत ग्रामीण स्वास्थ्य कार्यकर्ता रामबहादुर शाहीले १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन्। घरमा अभिभावक नभएको अवस्थामा राती ११ बजे ती बालिकालाई बलात्कार गरेका हुन्।

बुबाआमासँग चिनजानको आधारमा बेलाबेला बालिकाको घरमा आवतजावत गर्ने शाहीले घरमा अभिभावक नभएको मौकामा ती बालिकालाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। बालिकाका बुबाआमा भारतमा गएको मौका छोपी शाहीले साउन २० गते घरमै सुतेको अवस्थामा ती बालिकालाई बलात्कार गरेका हुन्।

किटानी जाहेरीसहित उजुरी आएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक टिकाबहादुर के.सीले जानकारी दिनुभयो।

घरमा भाइबहिनीसँग सुतेको अवस्थामा शाहीले ती बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ। बर्दिया जमुनी घर रहेका शाही बाँकेको नौवस्तास्थित स्वास्थ्य चौकीमा एक दशकदेखि कार्यरत छन्। आरोपित शाहीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

हामीले बालिकाको उजुरीको आधारमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरेका छौं,’ डिएसपी के.सीले भन्नुभयो, बालिकाको मेडिकल जाँच भएको छ, रिर्पोट आउँन बाँकी छ।’ शाहीलाई पक्राउ गर्न एक सातादेखि प्रयास गरेपनि पक्रन नसकिएको उहाँले बताउनुभयो।

बलात्कृत बालिका दलित परिवारको रहेको र उनको स्वास्थ्यमा समस्या देखिएको अस्पतालले जनाएको छ। साउन २१ गते प्रहरीमा उजूरी आएपनि उनी फरार छन्। बालिका बलात्कार भएको घटनाको साताअघि प्रहरीमा जानकारी आएपनि आरोपित फरार हुन सक्ने भन्दै सार्वजनिक गरिएको थिएन। अभियुक्त शाही सातादिन यता स्वास्थ्य चौकी नौवस्तामा समेत हाजिर भएका छैनन।

बाँकेको कोहलपुर क्षेत्रमा पछिल्लो समयमा जबर्जस्ती करणीका घटना बढ्दो क्रममा रहेका छन्। पछिल्लो तीन वर्षको अवस्था हेर्दा अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै दोब्बरले जबर्जस्तीकरणीका घटना भएका छन्।

विगतमा जबर्जस्ती करणीलाई गाउँमै मिलाउने, प्रहरी कहाँसम्म नआउने अवस्था थियो। तर, अहिले करणीका घटनाहरू प्रहरी कहाँ सहज रुपमै आउन थालेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक टिका बहादुर केसीले बताउनुभयो।

प्रकाशित मितिः २०७२ साउन २७ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: