महिला खबर
नेपालगन्ज, साउन २७। मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिमा दुई महिला मनोनित हुन सफल भएका छन्।
नौ सदस्यीय क्षेत्रीय समितिमा कोषाध्यक्षमा जुम्लाकी मेनका पछाई र सदस्यमा बर्दियाकी रीता कोईराला मनोनित हुनुभएको हो। अन्य सबै पदाधिकारी पुरुष रहेका छन्।
खेलकुदप्रति महिलालाई अवशर दिइ आकर्षित गर्न समितिको भूमिका महत्वपुर्ण हुने उहाँहरूले बताउनु भएको छ। मध्यपश्चिम क्षेत्रमा महिला खेलाडी जन्माउन आफूले सक्दो प्रयास गर्ने सदस्य रीता कोईरालाले बताउनुभयो।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले कोषाध्यक्ष र सदस्य पदमा खेलकुद बुझेका महिला पदाधिकारी मनोनित भएकाले महिलालाई खेलकुदमा अगाडि सार्न सजिलो हुने धारणा राख्नुभयो।
क्रिकेट, फुटबल, शुटिङलगायतका खेलमा मध्यपश्चिममा सशक्त महिला खेलाडी रहेकोले उहाँहरूलाई अवसर र सुविधा प्रदान गर्न आफू लागि पर्ने वचन अध्यक्ष ओलीले दिनुभयो।
प्रकाशित मितिः २०७२ साउन २७ गते बुधवार
Comment Here!